Wednesday 14 February 2018

पबित्रहाङमा गोल्डकपको उपाधी माङसेबुङलाई





             गत माघ २४ गते देखि माङसेबुङमा जारी मुहिङगुम अङसीमामाङ साँबा पबित्रहामा लिङदेन ६२अौं शुभजन्मोत्सव, मुहिङगुम अङसीमाङ लिङदेन अात्मानन्द "सेईङ" नुमाङगेन्ना सेवाको अवसरमा अायोजित "खेलकुदमा नारी सहभागिता सिर्जनशिल निर्माणमा हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगिता २०७४ को अाज भएको फाईनल खेलमा माङसेबुङ युथ सोसाईटी माङसेबुङ, इलामले लेटाङ फुटबल कल्व लेटाङ, मोरङलाई ट्राई ब्रेकरमा २-० ले पराजित गर्दै, उपाथि चुमेको छ ।
          खेलको निर्धारित समयवधि भर दुबै टीमबाट थुप्रै अवसरहरु मिले पनि गोल भने हुन सकेन । खेलको निर्धारित समय सकेपछि ट्राईब्रेकर मा लेटाङका कुनै पनि खेलाडिले गोल गर्न सकेन, अन्तत माङसेबुङका खेलाडी सुस्मिता लेप्चा(१५) र सिवानी सर्मा(१०)को २ गोल नै निर्णायक रहयो ।
           खेलभरिबाट उत्कृष्ट खेलाडीमा लेटाङका मुना लाअोती(११) घोषित भए भने, माङसेबुङका प्रिया तामाङ(६) उत्कृष्ट डिफेन्डर, सुस्मिता लेप्चा(१५) सर्बाधिक गोलकर्ता, बिसिका राई(०) उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
   
        इलाम, झापा, मोरङ, सुनसरी र ताप्लेजुङ गरी ८ टीम सहभागि रहेकोमा उपाधी हात पारे संगै माङसेबुङ युथ सोसाईटी माङसेबुङ, इलामले नगद पुरस्कार रु. ६२,१६२/- ट्रफी, मेडल तथा प्रमाण पत्र प्रप्त गरेका छन् भने उपबिजेता लेटाङ फुटबल कल्व लेटाङ, मोरङले, नगद पुरस्कार रु. ३५,१६२/- ट्रफी, मेडल र प्रमाण-पत्र प्रप्त गरेका छन् भने, पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगित २०७४ अन्तर्गत अतिरिक्त खेलमा अाज भएको म्याराथुनमा ५५०० मिटर २५अौं मिनटमा पुरा गर्दै रन्जु नेम्बाङ प्रथम भएकि छिन भने, २६अौं मिनटमा पुरा गर्दै जमुना अाले मगर दोस्रो, २७अौं मिनटमा पुरा गर्दै
अनुस्का थेबे तेस्रो र २९अौं मिनटमा पुरा गर्दै मुना अालेमगर चौंथो भएकि छिन् ।


२ फागुन २०७४
माङसेबुङ, इलाम