Friday 10 November 2023

महागुरुले (दिब्य ज्ञान धार्मिक ज्ञान) प्राप्तः

फलामसिं विरामीले विहोस भएर सुतेको ४ दिन भईसकेको थियो। साँझ पर्न लागको समयमा आफुजस्तै एक दिव्यपुरुष जंगलतिरबाट आएको देखे। फलामसिंलाई अत्यन्तै आकर्षक ढङ्गले आऊ भनि बोलाए। गाउँलेहरूले रुँगीरहेको भएपनि ती पुरुषलाई फलामसिंले बाहेक अरु कसैले पनि देखेनन्। दिब्यपुरुषको आकर्षक बोलाइले गर्दा विहोसी बालक एक्कासी जुरुक्क उठेर ति दिव्यपुरुष भएतिर दौडेर गए। दिब्यपुरुषको पछि पछि जाँदा जंगल हुदैं बिरामी हुनुअघिको खोलाको किनारमा पुग्नुभएछ। त्यसपछि महागुरुलाई दिव्यपुरुषले माइखोलामा नुहाउन लगाए। केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे। त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले। दिव्य पुरुषः ‘‘मलाई चिनिस् कि चिनिनस?’ बालकः ‘‘चिनिन।’’ दिव्य पुरुषः‘‘अघिल्लो जन्मको कुरा बिर्सिस?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः‘‘अघिल्लो जन्मको धर्म कर्महरु बिर्सिस?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः ‘‘अघिल्लो जन्ममा लिएकोको भाषा, शिक्षा, लिपी, धर्म सस्कार, सस्कृतीहरु बिर्सिस ?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः ‘‘राम्रो सम्झी, सबै थाहा पाउँछस्।’’ बालकः ‘‘अहँ थाहा पाइन।’’ दिव्य पुरुषः ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस? (माइखोलातिर औंल्याउँदै) ऊ युमामाङसँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही अल्पिए। फलामसिंले खोलातिर फर्केर माफी माग्दा आफ्नो शरीर नै हल्का हुदै आयो। रुखसँगै बेरिएको लहरा आफै हरायो । शरीरको कम्प, पीडा सबै हराइसकेको थियो । अत्यन्तै आनन्द भयो। मन हलुङ्गो र शान्त भयो। फुर्ती बढेर आयो। केही गरौं–गरौं जस्तो भयो। रुखसंग छुट्टीएर खोलातिर फर्किदा कानमा फेरी दिव्य बाजागाजाहरु (माङबाजा)को ध्वनीले संसार गुञ्जिएको जस्तो हुन थाल्यो। त्यतिकैमा खोलाको बीचबाट सुकिलो आभूषणमा मौलिक गरगहनाले सुसज्जित दिव्यसुन्दरी (युमा साम्माङ वा युमामाङ अर्थात पारुहाङ/सुम्निामा, महादेवी जस्तै थिइन) निस्केर हल्का मुस्कानका साथ आई बालकको शरीरमा सुमसुम्याउँदै बडो सुमधुर स्वरमा धेरैबेर पहिलाको कुराहरु संझाए। हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नु पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने, शिक्षा, भाषा लिपि, संस्कार तथा मुन्धुमको पुर्नउत्थान गर्नुपर्ने जस्ता कुराको दीब्य ज्योती छोडेर ‘‘तपस्वी गुरु/महागुरु हुन्छौ, अगाडिको सर्तहरु सबै पूरा गर्नु । मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुनः खोलातर्फ गइन्। त्यतिकैमा आनन्ददायी दिव्य माङबाजाहरु फेरि बज्न थाले। दिव्यस्त्री(युमा माङ)लाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो। दिव्यस्त्री त्यही लोप भइन्। बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा पूनः अद्भूत दृश्य देखा पर्य‍ो। मध्यरात भएपनि दिनको झैं उज्यालो देखियो। आकाशतिरबाट मुन्धुमका ठूल–ठूला मणीरत्न जडित सुनौला अक्षरहरु क्रमैसँग आफुतिर खस्न थाले। आँखै तिर्मिराउने मुन्धुमका मन्त्रहरूले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो। त्यसले बालकमा धार्मिक ज्ञानको बोध हुँदै गयो। सबै दृश्य सकिएपछि छर्लङ हुनुभयो। सपनाबाट ब्युँझे झैं हुनुभयो। आकाशमा जून ताराहरु मात्र देखिए। रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना झैं लाग्यो। त्यो रात मंसिर पूर्णिमाको रात थियो। केहिवेर पछि विस्तारै उज्यालो हुदैं गयो। आफ्नै गोठको वारिपट्टिको जंगलमा छु भन्ने थाहा पाउनुभयो। ज्वरो, विमार र शरीरको फोकाहरु सबै निको भएको पाउँदा महागुरु असाध्ये खुशी हुनुभयो। केही क्षणमा घरबाट खोज्न आउने मानिसहरूसँग भेट भयो। खोज्न आउनेहरूले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर सबैजनाले वरिपरि घेरा हालेर समाते। बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरू छक्क परे। कसरी बिराम निको भयो ? रातभरी कहाँ बस्यो? के गर्यो ? किन भागेर जंगल पसेको? किन यो खोलामा आएको भनेर गाउलेहरूले सोध्न थाले। बालकले सबै बृत्तान्त बताइदिनुभयो। बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो। खोज्न जानेहरूले अघि फलामसिंले भन्नुभएको सबै कुराहरु दोहो¥याएर आमा–बुवालाई सुनाए। घर आएर पनि वर्षौं घरी–घरी रातको समयमा उनै दिब्य पुरुष लिन आइरहन्थे। खोलामा घाँटी–घाँटी आउने वरफ झैं चिसो हिउँदे पानीमा डुबाएर उनै दिब्यनारी (युमामाङ, पारुहाङ/सुम्निामा) आएर अगाडिका दिब्यउपदेश, मुन्धुमका अक्षहरु देखाइ रहन्थ्यो। आकाशतिरबाट झरेको सुनौलो मुन्धुमको अक्षरहरु पढिसक्दा नसक्दा बालकलाई एक्लै छोडेर सबै अन्र्तध्यान हुन्थे। धेरै पटक मध्यरात कटे पछि अन्र्तध्यान भै जान्थे र अध्यारोमा चार पाउ गर्दै घर आइपुग्नु हुन्थो। कहिलेकाही भगवाने दिएको पुर्व जन्मको सास्ती हो जस्तै लाग्थ्यो। फेरी ति दिब्य पुरुष लिन आउदा सबै विर्षेर रमाउदै जानुहुन्थो। ज्ञान लिनुहुन्थ्यो। त्यसरी, ८ वर्षको उमेरमै महागुरुले आर्जन गरेको ज्ञान नै किरात धर्मको मुल मुन्धुम बनेको छ।

Friday 3 November 2023

किरात समुदाय

 


 ओति =किराति सँज्ञाले सम्बोधित किरात बर्ण र समुदाय भनि चिनिएका युयुगेन सावगेम्बाका अनु बँश समेटि मेन्छ्याम्गेन नाम्याम्मि साँ मना बँश नै कालन्तरमा किरात भनि चिनिएको,उक्त जाति, समाज, बँश र बर्ण सभ्यताका प्राचिन मुना तेम्बे बाट फैलिएको मानब जातिहरु युग युगान्तरमा किरात कहलिन पुगि किरात भनि चिनिन थाले।

ईतिहासमा उल्लेख छ अादिबासि जनजाति किरातिहरु नेपालको प्राचिन जाति हुन्। र यि जातिहरु हिमालयको भागमा बसोबास गरेको पाईन्छ। यि जातिहरु प्राचिन कालमा नै मँगोलबाट अाई नेपालमा बसोबास गरेकाले यि जातिहरुनै यहाका अादिबासि भनि निशदेह भन्न सकिन्छ। किरात जातिले नेपालमा ३२ पुस्ता शासन गरेको पनि नेपालको ईतिहासमा उल्लेख छ।

#धर्म::- यि जातिहरुको धर्म किरात धर्म हो। किरात सभ्यताका साथ साथै किरात युगपुरुष येहाङ द्वरा स्थापित पेसाप मुन्धुम:-लिखित ईतिहास शास्त्र, थुङसाप मुन्धुम:- मौखिक शास्त्र, शक्सक मुन्धुम:- भाषा,लिपि,साहित्य शास्त्र, साम्यो मुन्धुम:- अध्यात्मिक तथा धार्मिक शास्त्र जस्ता मुन्धुम,सँस्कार,सँस्कृतिका धनि माङधक कुधक: देब गण पुत्र/पत्रि तागेरा निङ्वा भु माङको सृष्टि किरातेश्वरका सन्तान किरातिहरुको धर्मको प्राचिन परम्परा अत्यान्त्यै उच्च तथा महा थियो। सभ्यता,सँस्कृति को शिखरमा पुगेको थियो। यज्ञ,होमादि, जब, तब, योग्यभास, तपस्या जस्ता ऋषि मुनिको काम किरात सभ्यतामा जल्दो बल्दो थियो भन्ने सिवा खाहुन लगायत ईतिहासका पानाहरु सजिब रुपमा ब्यक्त गरिरहेका छन्। सिँगो धार्मिक निष्ठा, भक्ति,धर्म, कर्म सँस्कृत,सँस्कारगत सभ्यता बोकेका किरात अनुयायिहरु युग युगान्तरमा अनेकौ राजनितिमक,धार्मिक क्षेत्रबाट बिभिन्न दृष्यहरु फैलिदै अाएकोले कालन्तरमा किरातिहरुको लिखित मुन्धुम,भाषा,लिपि,धर्म सँसकार र सँस्कृति हराउदै अाज २१ अौँ शताब्दिमा पुग्दा हाम्रो लिखित मुन्धुम,भाषा,लिपि नै थिएना जस्तोभएको छ किरात समुदायमा।