Saturday 18 November 2017

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल


‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, सूर्य ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपूर्ण ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ– ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु–पंक्षी, झार–जङ्गल तथा मानव श्रृष्टिका  तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’
लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई सर्वेसर्व ठान्दछन् । प्रकृतिको सम्मानपूर्वक पूजा प्रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्ष स्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चाडपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।
किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

विविधताभित्रका समानता र यसको अन्तर बस्तु

            मुक्दुम सभ्यतासँगै विकसित हुँदै आएको एक गतिशील प्रकृया हो । मुक्दुमको मुहानबाट विभिन्न संस्कार संस्कृतिहरु विकासित भइरहन्छन् । यही संस्कार संस्कृतिमा कुनै पनि आदिवासी जनजाति किरातीको जीवन चरित्र झल्किएको हुन्छ । मुक्दुम किराँतीहरूको उर्वर मस्तिष्कको दिव्य उपज, प्रचीन सभ्यताको दस्तावेज, धार्मिक संस्कृतिको निधि, तत्वज्ञान अर्थात् धार्मिक एवम् सामाजिक संविधान हो ।
            किरात विद्वान दुर्गाहाङ याक्खा राईका अनुसार मुक्दुम भनेको प्राचीन किराँत पुस्ता दरपुस्ता मुखौली सुन्दै कण्ठस्त पार्दै ल्याइएका सृष्टि र धार्मिक रहनसहन सम्बन्धि कवितामय प्राचीन वचनहरू हुन । जहाँ पृथ्वी, अकाश, हावा, पानी पशु, पंक्षी, झार, जङ्गलदेखि लिएर मान्छेको सृष्टिसम्मको र किराँत जीवनदर्शनको कुरा आउँछ । कवि तथा किरात संस्कारका लेखक राजन मुकारूङको विचारमा मुग्दुम आफंैमा किरात जातिको विशिष्ट सभ्यताको इतिहास हो । हराइसकेको इतिहासको उत्खनन् पनि हो यो आफैंमा भव्यशैलीमा भनिने कलात्मक साहित्यको नमूना पनि हो । वर्गविहिन जातीय समानता धार्मिक सशिष्णुता सिद्घान्त अँगालिएको प्रकृति पूजक, वर्ग विभाजनरहित छुवाछुतको भेदभाव नभएको लिङ्गभेद नभएको मानव कल्याणकारी दर्शन हो ।
            वास्तवमा आदिम सृष्टि, प्राणी तथा मानव विकासको विविध चरणहरुदेखि किरातहरुको जीवन दर्शन, सामाजिक जीवन पद्धति, न्याय तथा शिक्षा प्रणाली, संस्कार–संस्कृति लगायत विविध पक्ष तथा विधिहरुका बारेमा मुक्दुममा वर्णन पाइन्छ । फरक यति हो कि भौगोलिक स्थिति, समय तथा विविध परिस्थिति अनुसार मुक्दुमी अभ्यास गराइमा केही भिन्नताहरु भए पनि मुक्दुमको सार एउटै देखिन्छ, विभिन्न किराँती विद्वानहरुको मतमा कोइँच र याक्थुङ मुक्दुममा । विविधता नै किराती एकताको विशेषता हो भन्ने मान्यता आम किराँती वीच सहमति रही आएको हुँदा केही बस्तुगत र विषयगत विशेषता किराती थाक्थुङ र कोइँच मुक्दुम वीचको समानता, सारमा यसरी चर्चा गर्न उपयुक्त हुने छ :

मुक्दुमका किसिम : मुक्दुमलाई याक्थुङ चुक्मुक् साम्जिक मुन्धुममा इमानसिंह चेम्जोङले किरात दार्शनिक उपदेश दोस्रो अध्यायमा येहाङले मुन्धुम बनाई दुई भागमा बाँडे भन्ने उल्लेख छ । प्रथम भागलाई थुङसाप, र दोस्रो भागलाई पेसाप नाम दिएको चर्चा गर्दै पेसापलाई पनि चार भाग १. सक् सक्, २. साम्जिक, ३. साप्जि र ४. साप्मुन्धुम उल्लेख गरेका भए पनि कोइँच मुक्दुम भने अहिलेसम्म कथ्यरुपमै छ । तै पनि कोइँच मुक्दुम पनि चार भागमा विभाजित छ : क) सासि मुक्दुम (सृष्टि, चाडबाड, मानव, पृथ्वी र अन्य मिथक सम्बन्धि मुक्दुम), ख) मुइग्यो (पिदार) मुग्दुम (आदार सद्भाव र निराकरण सम्बन्धि मुक्दुम), ग) मुलकेम (मुइलि) मुग्दुम (संस्कार, संस्कृति सम्बन्धि मुक्दुम), घ) मेग्यो (पारसार) मुग्दुम (शिक्षा, जडिबुटि, युद्ध, अर्ति उपदेश सम्बन्धि मुक्दुम) ।
किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं ।
परम्परागत देवीदेवता कुलपुरोहित : किराती याक्थुङ र कोइँच मुक्दुममा परम्परागत देवीदेवताहरु कुनै कुनै सन्दर्भमा ठ्याक्कै नाम मिल्दछन् भने कतिपय अबस्थामा तलमाथि अक्षर हराउने वा परिवर्तन भएको पाउँछौं । त्यस्तै गरी कुलपुरोहितको नाम पनि उस्ता उस्तै र कार्य तथा जिम्मेवारी एउटै पाउँछौं । कोइँच र याक्थुङ दुबै एकीश्वरवादी आदिवासी जनजाति हुन् भन्ने देखिन्छ । याक्थुङहरुले ‘युमा–थेबा’ भन्छन् भने कोइँचले ‘युमा–युल्सि’ । ‘थेबा’ लाई कोइँचले ‘देवा/थोम्बार’ । ‘तेन्छामा र खन्जमा’ लाई ‘तेन्जे र खन्जे’, ‘थोतोक्ला’ लाई ‘थोदुङ’, ‘योतोक्ला’ लाई ‘यातो’ । ‘तागेरा निङवा?फु’ लाई ‘तारा साराङगि’, ‘खाम्तोक’ लाई ‘खादिमुदि’, ‘दुङदुङगे’ लाई ‘दुङदुङ’ । ‘माङ’ लाई कोइँचले मामा भनेको पाउँछौं । त्यस्तै गरी ‘हिम’ को बदला खिँ उच्चारण गर्छन । याक्थुङ पानको ‘ह’ कोइँचमा ‘ख’ वर्णमा परिणत भएको पाउँछौं भने कुनै पनि शब्दको अन्तिमको ‘म’ वर्ण ‘ ँ ’ मा परिणत भएको पाउँछौं । किरात थाक्थुङ मुन्धुमवेत्त जसरी साम्बा, येÞबा, येÞगाप्चि भए जस्तै कोइँचमा पोइँबो, ग्याँमि र नाअÞसो हुन् । र यिनीहरुले लगाउने पोशक र आभूषण मिल्दछ ।

संस्कार–संस्कृति : किरातहरुमा चेली माइती वीच पूmल पूmलमाला आदनप्रदान गर्न नहुने संस्कृति भए पनि कोइँचमा त्यस्तो चलन भने देखिँदैन तर पूmललाई कुटुम्बको छोरीको रुपमा पनि लिने गरेको पाइन्छ । ‘साप्पोक–चोमेन’ लाई कोइँचमा विभिन्न ठाउँ अनुसार ‘दाक पाइच्चा, रुकामाना, कालपिप पिदार, खाअÞकुर पिदार’ भन्ने गर्दछन् । याक्थुङको ‘तङसिङ तक्मा’ र कोइँचको ‘चेँगु’ एकै मान्न सकिन्छ । दुबै सब्दको अर्थ तथा व्याख्या उस्तै देखिन्छ– सबै मनुष्य, घरपरिवार र समाजको सुख–समृद्धिको लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यबद्धताको पारिवारिक अनुष्ठान । ‘चासोक’ लाई कोइँचले ‘गिँजो’ र ‘याक्वा’ लाई ‘पारमो पिदार’ को रुपमा मान्ने गर्दछन् । ‘बालिहाङ तियाहा तङ्नाम’ लाई ‘बालिहोपो पिदार’ । ‘कक्फेःक्वा तुम्येन् ताङ्नाम्’ लाई ‘सामि पिदार’ त्यस्तै गरी ‘सिसेःक्पा तुम्येन् तङ्नाम्’ लाई ‘राँके पिदार’ भनेर मान्ने गरेको पाइन्छ । जन्म, विवाह र मृत्युमा पनि कोइँच र याक्थुङ वीचको धेरै कुराहरु समान देखिन्छ ।

मिथक, परम्परा र मान्यता : किरात याक्थुङहरुको धेरै मिथक, परम्पराहरु अभिलेखीकरण भइसकेका छन् । जसको कारण याक्थुङ सम्बन्धी खोजअनुसन्धान सरल मात्र होइन धेरै संस्कारहरु जीवित छन् र पुनःजीवन दिन सम्भव भएको छ । तर कोइँचमा त्यस्ता मिथक तथा परम्पराहरुको अभिलेखीकरण नभएको र जे जति अभिलेखीकरण भएका हुन् भर्खरै भएका हुँदा कतिपय संस्कार\संस्कृति लोप भइसकेको र पुनःजीवन दिनका लागि सामाजिक मान्यता पाउने सम्भावन क्षीण भएर गएको छ । याक्थुङ मुक्दुममा पाइएको ब्रह्मण्ड, आगो, पानी, हावा, पृथ्वी, आकास, प्राणी र मानव सृष्टिका मिथक कोइँच मुक्दुमसँग मिल्छन् । घरको बास्तु पूजा किन गरिन्छ भन्ने मिथक पनि मिल्छ । तर मिथकीय पात्रहरुको नाम चाहिँ मिलेको पाइँदैन । विभिन्न मिथकहरुले बनाएको परम्परा र त्यसलाई समाजले दिएको मान्यताहरु याक्थुङ र कोइँचमा समान देखिन्छ ।

मुक्दुमी भाषा र संरचना : किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं । मुक्दुमको सूक्ष्म अध्ययनले प्राचीन किराँती भाषाको खोजी गर्न सकिने सम्भावना पनि प्रबल देखिन्छ । साथै सबै किराती मुक्दुमहरु गेयात्मक भएको हुँदा मुक्दुम वाचन गर्ने र मुक्दुमका सिलोक वा हरफहरु गेयात्मक थेअÞनि संरचनामा भएको पाउँछौं ।
जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।

अन्तमा

‘धार्मिक र सामाजिक संस्कारका लिखित विधान नभएकोले कति कालदेखि श्रुति परम्परामा मुन्धुम जीवित छ ।’ –किराँती विद्वान तथा साहित्यकार वैरागी काइँलाको यो सत्य उक्तिलाई कसैले नकार्न सक्ने छैन । किरात मुक्दुमहरु अभैm पनि अलिखित नै छन् । कति विस्तारै लेख्योन्मुख छन् त कति किरातीहरुको मातृभाषा नै लोप भइसकेको हुँदा लोप भएका छन् । अलिखित भए पनि मुक्दुममा उच्चारित ऐतिहासिक मुक्दुमी देवीदेवता, पुर्खाहरुको नामको आधारमा किराँती याक्थुङ र कोइँच मुक्दुमको मिलनविन्दु कहाँनेर हो वा शाखा छुट्टिएको काल कुन हो ? मापन गर्न सकिने सम्भावना भने छँदै छ । जस्तो कि ‘युमा’ मुक्दुमी शब्द दुवै मुक्दुममा प्रष्ट उल्लेख पाइन्छ ।
            किरात याक्थुङ र कोइँच मुक्दुमलाई सँगै राखेर दाँज्ने हो भने धेरै कुरामा भिन्नता छ र कतिपय कुरा वा विषयहरुमा समानता पनि छ । मुक्दुममा देखिएका यी भिन्नतालाई किराँती विविधताको रुपमा स्वीकार्दै याक्थुङ र कोइँच मुक्दुमको प्राचीन सम्बन्धको कालरेखा कहाँ, कति हो पत्ता लगाउन, भए देखिएका सबै समानतालाई आधार रेखाको रुपमा लिनु पर्ने हुन्छ । किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

सन्दर्भ स्रोत


आङबुङ, डी.बी., २०६१, प्रतापी राजनेता वालिहाङको मार्गदर्शन, पालाम पूर्णाङ्क ५, पृ. २३–३०, तेह्रथुमे याक्थुङ विद्यार्थी सुजुम, काठमाडौं ।
काइँल वैरागी, २०५२, तङ्सिङ तक्मा मुन्धुम : आख्यान र अनुष्ठान, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
..... , २०४८, लिम्बू जातिमा कोख पूजा, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
काःतिच कोइँचबु, २०६४, मुक्दुमले अवलम्बन गरेको बाटो, कोइँचबु १७:१, सुनुवार सेवा समाज, काठमाडौं ।
..... , २०६१, मुक्दुम, सिर्मी ३:३, पृ. १३–१६, सुनुवार महिला समाज, काठमाडौं ।
मञ्जुल याक्थुम्बा, २०६२, मौलिक किरात धर्म–संस्कार, धनजीत येभेङ, राजकुमार फोम्बो लिम्बू ।
किरात जितपाल, २०५९, किरात धर्म मुन्दुम, कोइँचबु ११:१, पृ.१०–१२, सुनुवार सेवा समाज, काठमाडौं, । 
चेम्जोङ, इमानसिंह, २०५९ (दोस्रो संस्करण), याक्थुङ चुक्मुक् साम्जिक मुन्धुम किरात दर्शनको सारांशा, किरात याक्थुङ चुम्लुङ, ललितपुर।
..... , २०५९ (तेस्रो संस्करण), किरात मुन्धुम (किरात वेद), किरात याक्थुङ चुम्लुङ, ललितपुर ।
मुकारुङ राजन, २०६१, किरात संस्कार, मकरबहादुर बान्तवा, श्रीमती विष्णुदेवी बान्तवा ।
सुनुवार ईश्वरकिरण (अतीत मुखिया),२०६७, कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य, चुप्लु समाज, काठमाडौं ।

Thursday 16 November 2017

किरात राज्य पतनका प्रमुख कारणहरुkirat online





लिच्छवीहरुबाट परास्त भएर पूर्व लागेपश्चात किरातीहरुको राज्य इतिहास लामो समयसम्म कतै देखा पर्दैन । तर
इमान सिंह चेमजोङ्ग भन्नुहुन्छ -
इसाको छैंठौ शताव्दीभन्दा अघि काठमान्डौ पूर्व एउटै किरात
राज्य थियो । खास-खास भन्ने हो भने विजय नारायणले विजयपुर
राज्य स्थापना गरेपश्चात मात्र किरात राज्य भनौँ या विजयपुर
राज्यको इतिहास प्रमाणिकरुपमा अघि बढेको छ । यिनी कामरुप
आसामबाट आएका कोच बशीं किरातहरुका सन्तान हुन् भन्ने
कुरामा प्राय इतिहासकारहरुको एकैमत रहेको पाइन्छ ।
विजयनारायणभन्दा सात पुस्ताअघिका राजा पुङलाइङ,
जो मोरोङ राज्यका राजा थिए ले हिन्दू मत ग्रहण
गरी आफ्नो नाम समेत अमर राय राखे । विजयपुर
राज्यको स्थापनाकालतिर पहाडतर्फ फेदापथुममा मुरेहाङ खेवाङ
नाम गरेका प्रतापी राजा राज्य गर्दथे भन्ने कुरा धेरै
इतिहासकारहरुले भन्दै आएका छन् । यिनैको सहयोगले विजयपुर
राज्य त्यतिबेला शक्तिसम्पन्न बनेको थियो ।
विशेषगरी लिच्छवीहरुबाट खेदिएर पूर्व
गएका किरातीहरुको वास्तविक इतिहास यो बेलासम्म
अथवा विजयपुर राज्य स्थापनाकालसम्म कतै
स्पष्टरुपमा देखा पर्दैन । विजय नारायणकै पालादेखि सेन वंशीहरु
किरात राज्यमा हावी भए ।

विजयपुर राज्यमा राजा हुने प्रथम सेन राजा लोहाङ सेन थिए ।
किरात राज्यमा सेन वंशीहरुको प्रवेशलाई पछि अर्कै
शीर्षकमा व्याख्या गरिने छ । अब उप्रान्त
यो लेखको शीर्षकको औचित्यमाथि विचार गरिने छ । नेपाल
राज्यको एकीकरण गर्न भनी हातमा नाङ्गो तरवार लिएर
गोर्खाबाट निस्किएका राजा पृथ्वी नारायण शाहको उच्च
महत्वाकाँक्षा नै किरातलगायत अरु राज्यको पतनको प्रमुख
कारण थियो भन्दा अवश्य गल्ति हुँदैन, यद्यपि किरात राज्य पतन
हुनुमा अरु केही कारणहरु प्रमुख छन् जसको चर्चा गर्ने अभिष्टसहित
यो लेख लेख्न थालिएको छ ।
किरातहरु स्वतन्त्रताप्रेमी हुनुको कारणबाट किरात
प्रदेशमा संघात्मक शासन व्यबस्था भएको कुरा यहाँ बुझ्न आवश्यक
छ । किरात प्रदेशमा थुप्रै आपुँगी राजाहरु भएकोबाट
यसको पुष्टि हुन्छ । त्यसैगरी पल्लो किरात अथवा लिम्वूवान
राज्यमा दश लिम्वू राजाहरुले राज्य गरेको इतिहासबाट पनि थप
पुष्टि हुन गएको छ । यसरी हरेक थुम या गढिमा एक राजाले राज्य
गर्ने संघीय राज्य व्यबस्था अर्न्तगत तत्कालीन किरात
प्रदेशमा अनेकौं स्वतन्त्र किरात राज्य भएको कुरा स्वत पुष्टि हुन्छ
। संघीय राज्य व्यवस्था अर्न्तगतका किराती राजाहरु संघीय हुनुकै
कारणबाट शक्तिहीन पनि थिए भन्न सकिन्छ । नाम
मात्रैको केन्द्रीय सरकार विजयपुरको यी किरात राज्यमा कुनै
हस्तक्षेप थिएन । विजयपुर राज्यमा सैनिक
शक्तिको आवश्यकता पर्दा सघाउने र्सत बाहेक यसलाई केन्द्र
सरकार मान्नुको अरु कुनै कारण प्रमाणित हुन आउँदैन ।
यसरी किराती राजाहरु स्वतन्त्र थिए तर संगठित थिएनन् ।
उनीहरुले किरात प्रदेश भित्रकै छिमेकी राज्यबाहेक कुनै दिन
बाहिरी शत्रुको सामना कसरी गर्ने भन्ने विषयमा कहिले सोचेनन्
भनेर कसरी भन्न सकिन्छ भने उनीहरुले आफ्नो परंम्परागत
बाँसको बिषालु धनुकाँड र तरवारलाई मात्र
आफ्नो रक्षाकवचको रुपमा विश्वास गरिरहे तर्सथ
बाहिरी दुनियाँमा भइरेको अनेकौं दुरमारक आधुनिक हात
हतियारको विषयमा थाहै पाएनन् अथवा पाएर पनि उक्त हात
हतियार (बन्दुक) किन्ने या सँकलन गर्ने विषयमा उदासीन रहे ।
संभावित शत्रु आक्रमणको सामना गर्न उनीहरुले आक्रमणपर्ूव खास
पहल नगरेको देखिन्छ ।
यस बीचमा मित्र शक्तिको पहिचान गरेर दरिलो सैनिक
संगठनको तयारी गर्न सकेको भए पृथ्वी नारायण शाह धुलीखेल पूर्व
बढ्नै सक्ने थिएनन् कि भनेर भन्न सक्ने प्रशस्त आधारहरु छन् । किनभने
धुलीखेल नजिकको चौकोट राज्यमा महेन्द्र सिंह
राईको फौजलाई तह लगाउन पृथ्वी नारायण शाहलाई
यति गाह्रो पर्यो कि लगभग त्यहींबाट नेपाल
एकीकरणको यात्रा टुङ्गनि खोज्दै थियो तर इतिहासले
प्रमाणित गरिसकेको छ पृथ्वी नारायण जीवनमा हार खाने
राजा थिएनन् तर्सथ चौकोटमाथि पटक-पटक ६ महिनासम्म
आक्रमण गरी यो राज्य गोर्खा राज्यमा गाभे तर चौकोट
जस्तो सानो केवल पचास, साठी घर मात्र भएको राज्यले
पृथ्वी नारायणको ३३२ जवान मारिदिए ।
किरातहरु संगठित नहुनुको दुष्परिणाम यहींबाट सुरु हुन्छ ।
चौकोटमा शत्रुको निर्ममतापुर्वक आक्रमण भइरहँदा माझकिरात
र पल्लो किरात हातमा दहि जमाएर बसिरहे,
कम्तिमा माझकिरात र पल्लोकिरात संगठित हुने पहलसम्म
भएको देखिदैन तर्सथ माझकिरात उपर शत्रुको आक्रमण
हुँदा पनि पल्लो किरातको अवस्था पनि त्यहीं रह्यो । किरातहरु
आफ्नो राज्यबाट बिमुख हुनुमा आफै कति जिम्मेवार रहेछन भन्ने
कुराको संक्षिप्त व्याख्या माथिको अनुच्छेदमा गरियो, अब
किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार
गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य
स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् ।
यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात
राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य
गर्दथे । माथि नै भनियो, किरात राज्यमा सेन राजाहरु किन र
कसरी राजा भए यस बिषयमा अर्कै शीर्षकमा छलफल गरिने छ ।
किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार
किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय
नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु
पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे ।
यसरी किरात चौतरियाको प्रत्यक्ष शासन
त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन । प्रथम त यिनीहरु
कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित
हुँदा कदापी खुशी थिएनन् । दोस्रो हिन्दू धर्म अनुसार बिष्णु
अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।
तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै
जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन
सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात
चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई
दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए,
सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले
अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात
राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात
चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित
युद्ध यात्रा अगाडि बढिरेको थियो ।
यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ)
चौदन्डि राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र स्वरुप सिंह
कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे ।
युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने
मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ
उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न
सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने
कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल
स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले
सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र
चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात
प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन
आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग
बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्,
गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल
नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले
त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट
पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए
। सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार,
सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे
। पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम
सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय
ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश
गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो ।
यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई
ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले
यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ ।
गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न
दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो ।
कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले
आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच
पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय
पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके ।
हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५
तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र
अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक
स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।
त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले
गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र
जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र
देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार
गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त
नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात
राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ
किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने
पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा,
रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै
ठाउँमा किरातीहरुले युद्ध हारे
पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् ।
प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो ।
त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे
किराती सेनाको लिम्वू सरदार र रघु
राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो,
त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत
थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु
राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले
लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर
आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात
सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक
लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै
गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार
नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस
अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो ।
किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए ।
कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु
भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा,
किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं
किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट
कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त
भयो ।
नोट- सर्न्दर्भ सामग्री, किरातकालीन विजयपुरको संक्षिप्त
इतिहास ( इमानसिंह चेमजोङ), किरात इतिहासका रुपरेखा (टंक
बहादर राई), किरात हिजो र आज ( दुर्गाहाङ याख्खा राई)

(प्रदिप - काङ्दवा )

किरात" भनेको के हो ? र "किरात" भन्नाले केलाई बुझाउँछ , "किरात" को पृष्ठभूमि के हो ? “


प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोंगले “किरात” शब्दको उत्पति भूमध्य
सागरीय क्षेत्र (Meditarian Region) मो आवाइट(Mobite) भाषाको किरियात
(Kiriat) भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन् । यसको अर्थ किल्ला
(Fort) , शहर (Town) भन्ने हुन्छ , भनेका छन् । जब उनीहरुको संज्ञा बढ्दै
गयो , धेरै जिल्लाहरु (Forts) र शहरहरु
(Towns) बनाए र त्यसलाई किरियात हिम (Kiriat Hime) भनियो । त्यहि वंश
कालान्तरमा किराती (Kirati) भन्न थालियो र किराँती वंश (Kirat Tribe) भयो
(Chemjong the history and culture of Kirat People) .

किरातीहरुको पृष्ठभूमि (Background)
प्रशिद्ध इतिहासकार ईमान सिंह चेम्जोंगले " “किरात” साहित्यको इतिहास "
नामक पुस्तकमा Sir John Hammerton ले Ancient History शिर्षक लेखमा "
प्राचिन बेबिलोन र मेसोपोतामियाको सभ्यता संग किरातहरुको सम्बन्ध थियो "
भन्ने कुरा पुष्टि गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छा भने
मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम वस्ती बसाले ।
त्यहाँ उनीहरुले प्राप्त गरेको अनुभव, अनुभूतिहरुलाई संगालेर प्रथम मानव
सभ्यताको विकास गरेका थिए । त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केका  एक समुह
यात्राको अनेकौ अनुभूतिहरु संगालेर हिमालयको काखमा आइ वस्ती बसाले ,
जहाँ उनीहरुले आफ्नो अनुभूतिको आधारमा "किरात” दर्शन विकास गरे ।
डा ब्राइन हड्सन (Doc Brian Hodson) लगायत सुप्रसिद्ध बौद्धिक
व्यक्तित्व S.K. Chatterjee ले समेत उनको “किराँत” “किरात” जनाकृति नामक
प्रसिद्ध कृतिमा भनेका छन् कि बुद्ध (Buddha) जो एउटा मानव जातिकै
महाननेता एने सुप्रसिद्ध गुरु थिए , उनि पनि शुद्ध या मिश्रित “किराँत”
उत्पतिकै हुन् भन्ने उल्लेख गरेका छन् । (History of People Kirat- The
term kirat and its origin) धेरै बुद्धिष्ट लेखकहरूले भनेका छन् कि “किराँत”
शब्दावलीमा बाह्रौ पुस्तापछी एउटा “किरात” समुदायको शाखा इन्डोगंगा
मैदान क्षेत्र.(Indo – Ganga Plain region ) बाट हिमाल पर्वत क्षेत्र तर्फ
र अर्को शाखा लंका चा Ceylon को दक्षिण तर्फ लागेको उल्लेख गर्छन । यसैले
केही मानवशास्त्री विद्धानहरुले नेपालको पूर्वी क्षेत्रमा याक्खा जाति
Ceylon. मा "याखा " नाम गरेको एउटा आदिवासी .(Tribe). पाइएको उल्लेख गरेका
छन् ।

नेपालमा भएको “किरात” समुदायलाई ३ किसिमबाट विभाजित गर्न सकिन्छ
। “किरात” "मुन्धुम " मा परम्परा अनुसार यी तिन शाखाले जातिहरुमा "
खाम्बिवान्सा या खम्बुस , अर्को तै सान्थास अथवा मंगोल हरू र अर्को मुनाफिन
या चैनिं खम्बुशहरु हिमालयका अग्रज Immigration हुन् भने थानवास या
मंगोलहरु र मुनाफें या चाइनिज जातिहरु पछिबाट आएका हुन् र खाबुससंगा
मिसिएका हुन् र एउटा ठुलो मानव समुदाय बनेका हुन् । यहि हिमालय प्रदेशबाट
भारत, बर्मा, श्याम, भियतनाम, मलाया, तथा फिलिपिन्स टापुहरूमा छरिएर आ
आफ्नो ठाउमा इतिहास कायम गरेका हुन् । भारत उत्तर तर्फ हिमान्चल प्रदेश
देखि आसाम सम्म र दक्षिणपूर्व तर्फ मणिपुर देखि चिन्तोंग सम्म आफ्नो
प्रदेश कायम गरेका थिए । Sir John Hammerton ले आफ्नो “Early races of Man
Kind” भन्ने पुस्तकमा संभवत 4000 B.C मा भूमध्य सागर क्षेत्रको तल्लो
भागमा मंगोलियन या सुमेरियन सभ्य मानव जाति कहलिन्थे भन्नेबाट सो प्राचिन
युगमै पनि किराँतीहरू सभ्य कहलिएका रहेछन्  भन्ने पुष्टि हुन आउछ । सो समयमा
उनीहरु किराँतीहरुको आफ्नो किल्ला या शहर हुन्थ्यो । उनीहरू आफ्नो
सिमाना बचावका pillar गाड्ने गर्थे । उनीहरु आफूले हारेको किल्ला या शहरमा बस्न
मन्जुर गर्दैनथे । हारेमा सो ठाउ नै छाडी अन्यत्र जान्थ्यो । करिब ३०००
BC मा एउटा किराँती समुदायको ठूलो जत्थाले आफ्नो ठाउँ छाडेर पूर्वतर्फ
आई चीनमा साम्राज्य स्थापना गरेको उल्लेख पाइन्छ ।

काबुल या गोल्कुको

“किरात” Folk love मा काबुलको हाजार ट्राइब र नेपालको “किरात” ट्राइबका
शुरुमा पर्सियाबाट आउँदा ययूतई ग्रुपमा थिए भनिन्छ । त्यो समुहलाई भारतको
भूमिले लोभ्यायो । हाजार ट्राइबका दाजु लेलिहांग भारतको सो समतल भूमिमा गए ,
घुमे तर फर्के । फर्कदा काबुल जानुको सट्टा नेपाल तर्फ बढे । नेपालमा
गोर्खा भनेर चिनिए । हजाराहरु भन्छन कि पहिले उनीहरू एक परिवार थिए ।
उनीहरू न त मोहम्छां न त हिन्दु थिए । तर जब दाजुभाई छुट्टिए, तब उनीहरु
कमजोर भए । पठानले उनीहरुको देश माथि आक्रमण गर्यो, हरायो र उनीहरुलाई
मोहम्मद्निज्मा परिणत गरायो । “किरात” गोर्खा नेपालमा हिन्दु भए । अझै
पनि हाहाराले गोर्खा संग भेट भयो भने उसले उसलाई चाचा भन्छ । भन्नुको अर्थ
"काका " भन्छ । जब आर्यनहरु इन्डिया आए र उनीहरू हिमालय प्रदेश तर्फा
अगाडी बढ्न थाले । सो समय इन्दुश रिभर (Indus River) मा अधिपत्य कायम गरि
बसेको साम्बा आसुर संग लडाई हुँदा साम्बा आसुर्को हार भयो र हारेको ठाउँ
छोडी उनीहरु पूर्वतर्फ आएर एउटा बलियो Kinner Land Establish स्थान स्थापना गर्यो |
जसलाई भारतमा हिमान्चल प्रदेश भनिन्छ । यहि ठाउँमा मंगोलियन जातिका हुल आए
र “किरात” जातिको सो समुदाय संग मिसियो । यसरी एउटा ठुलो “किराँत” समुदाय
बन्यो । क्रमश उनीहरु पूर्वतर्फ छरिएर नेपालमा बसोबास गर्न पुगे ।
हिन्दु धर्मको प्राचिन ग्रन्थहरुमा पनि “किरात” शब्दको प्रशस्त प्रयोग भएको
पाइन्छ । यसबाट के स्पष्ट  हुन आउछ भने भारतीय उप्महादिपमा आर्यहरुको
प्रवेश हुनु पूर्व यहाँ किरातीहरुले आवाद गरेका थिए । नेपालको इतिहासमा पनि
काठमान्डौ उपत्यकालाई केन्द्र बनाएर किरातीहरुले ३२ पुस्ता सम्म शासन गरेको
इतिहास पाइन्छ । अहिले नेपालमा बसोबास गर्न आर्य मूलका बाहेक सम्पूर्ण
जनजातिहरु “किराँत” हुन् भनेर विशिष्ट विद्धानहरुले औंल्याई रहेका छन् . (कि ध
तथा सा के संघ, काथामान्दाउ २०४८ ) डा हर्क गुरुंगले नेपालको सन्दर्भमा
"जनजाति" र "जाति " शब्दको परिभाषा गरेको आधारमा पनि "जनजातिहरु " किराती "
हुन् भन्ने बोध हुन् आउछ । "जनजाति " भनेको आफ्नो बिशेष थालो, भाषा,
धार्मिक संस्कार तथा संस्कृति भएका हुन् । र " जाति भनेको ठूलो सानो
वर्णाश्रममा  विभाजित भारोपेली भाषा हिन्दु धर्म तथा संस्कृति भएका समूह हुन्
(डा हर्क गुरुङ २००० )


नेपालको सन्दर्भमा “किराती”
माथि उल्लेख गरिए बमोजिम नेपालको सन्दर्भमा आर्यमुलका बाहेक सम्पूर्ण
जनजातिहरु किराती हुन् भन्ने स्पस्ट हुन् आउँछ । तर यद्धपि नेपालको
पुर्बी भूभाग माझ किरांत र पल्लो “किरात” तथा अधिक रुपमा त्यस क्षेत्रमा
बसोबास गर्ने लिम्बु , राई, याक्खा र सुनुवार समुदायले किराँतको रुपमा
स्वीकार गर्दछन । तराइको धिमाल समुदायले पनि आफुलाई “किरात” समुदायको रुपमा
स्थापित गर्न खोजिरहेको छ । छिटपुट रुपमा याम्फु, लोहोरोहांग, मेवाहांग,
आठपरिया समुदायले पनि क्रमश: आ आफ्नो महत्व र पुर्खाहरुको सम्झना गर्दै
आफु किराती भएको उल्लेख गर्न थालेको पाइन्छ । डा: डिल्लीराम दाहालले
किरातीहरु आफु किराती भएर पनि आफुलाई कमैले किराती भन्न पुग्छन भनि लेखेका
छन् । उनका अनुसार थामी र हायु समुदायमा समेत किराती भन्नेहरू छन् तर
थामीमा (१४.६ प्रतिशत ) र हायुमा (२९.१० प्रतिशत )ले मात्र आफुलाई किराती
उल्लेखन गरेको पाइन्छ भनेका छन् ।(Source CBS Nepal, 2001, census- social
composition of the population: caste/Ethnicity and religion of Nepal)
जे होस् किरातीहरुको पूर्वज र १२ पुस्तासँग नेपालमा पनि किरातीहरुले
शासन सत्ता संचालन गरेको इतिहासबाट पनि नेपालमा किराती समूह ठुलो र व्यपाक छ
र धेरैलाई समेट्छ भन्ने कुरो स्पस्ट छ ।

##"किरात” धर्म के हो ?
किरात् धर्म आफैमा एउटा सिंगो मानब सभ्यताको इतिहासको एउटा जीवित दर्शन
हो । यो धर्म कुनै जात, जाति, समुदाय बिशेषमा मात्र आधारित छैन । यो आफैमा
व्यापक छ र यो आफैमा एउटा जीवन पद्धति हो । “किरात” धर्म अवलम्बन गर्न
किराती समुदायको हुनुपर्छ कुनै जरुरि छैन । धर्म भनेको धारणा हो । बेबिलोन
मोपोतोमिया सभ्यताकालिन अवस्थामा किरातीहरुले अवलम्बन गरि आएको धर्मको कुनै
नाम थिएन उनीहरू शुरुमा ..........त आत्मान्तर अस्तित्वबाट या आत्मबाट
(Separate spiritual existance theory) मा बिस्वास राख्थे र कालान्तरमा
उनीहरुको सभ्यता , भोगाई सोचाई वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण
गर्दै आउने क्रममा “किरात” धर्म को बिकास हुन् गएको हो । र त्यस अर्थमा
किरातीहरु “किरात” धर्मावलम्बी हुन् पुगेका छन् । यो दर्शन, सभ्यता वा
सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचिन जाति हुन् भन्ने
कुरो इतिहासकारहरुले स्वीकार गरेका छन् ( “किरात” मुन्धुम र “किरात” भूमिको
सम्बन्ध , बबश हेल्लोक ) यसबाट “किरात” धर्म प्राचिन धर्म हो र किरातीहरु
पनि प्राचिन जाति हुन भन्ने कुरा स्पस्ट हुन् आउछ ।

“किरात” धर्मग्रन्थ -'मुन्धुम "
“किरात” धर्म इसाई , इस्लाम वा बौद्ध धर्म जस्तो कुनै एक व्यक्तिबाट घोषित
धर्म नभएर पुर्खाहरुको हजारौं बर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा
हेरेको निचोड हो । यस “किरात” धर्मकोपवित्र ग्रन्थ मुन्धुम हो । मुन्धुम
त्यहि हजारौ बर्षको पुर्खाहरुको भोगाई वा जीवन र जगत प्रतिको बुझाइले
सिर्जना गरेको नियमहरुको संग्रह हो । यसरी हेर्दा “किरात” मुन्धुम एउटा
सिंगो “किरात” सभ्यताको इतिहास हो ।

“किरात” मुन्धुममा सिंगो सृष्टिको बर्णन पाइन्छ । मुन्धुमा पृथ्वीको उत्पति र त्यसपछि क्रमश :
बनस्पति, जिव जन्तु तथा मानिसको सृष्टिको कथाहरू वर्णित छन् ।। मुन्धुमका
यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन् । त्यस्ता कथा, किम्वदन्तीहरू
काल्पनिक संसारमा आधारित नभई यहि धर्तीका खोला-नाला डाडा-पाखा, गुफा-पोखरी तथा
किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन् । “किरात” भाषाकै
मुन र युय को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया .(Dynamic
Process) भन्ने हुन्छ । यसको अर्थ मुन्धुम कुनै ऐतिहासिक कहानी मात्र नभएर
जीवन दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थिति
अनुसार चल्न प्रेरित गर्दछ नकी परम्परागत रुपमै रहिरहन बाध्य तुल्ल्याउछ ।
प्राचिन समय देखिने “किरात” समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ।
चिन्तन, मनन र कुनै पनि कर्मको अनुभव द्वारा प्राप्त गरेको परोपकारी
ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई ठुक्साप
मुन्धुम भनिन्छ । प्रकृतिको सृजनात्मक संसारलाई परोपकार पेशामा मुन्धुम
भनिन्छ । (चोंग्बंग 2052) । मुन्धुम आफैमा एउटा साहित्य कोश पनि हो ,
“किरात” मुन्धुम सिंगो “किराँत” सभ्यताको इतिहास हो । “किरात” मुन्धुमको
सृष्टि वर्णन बिज्ञान सम्मत छ ।

किरात महिमा यु यस नै किन ?
“किरात” धर्म अनुशरण गर्न किराती समुदायकै हुनुपर्छ भन्ने कुनै जरुरि छैन
। सम्पूर्ण किराँती समुदायले अनिवार्य रुपमा “किराँत” धर्म अवलम्बन
गर्नैपर्छ भन्ने कुनै कुनै अनिवार्यता छैन। आफुलाई किराती समुदायको हो
भन्नेहरुले “किरात” धर्म मान्छन , मानि आएका छन् भन्ने मात्र हो । किराँती
समुदायले “किरात” धर्म अवलम्बन गर्नुपर्ने उनीहरुको हजारौ बर्षको भोगाई
हेरेको निचोड उक्त निस्कर्षमा पुगेका छन् । धर्म, संस्कार वास्तबमा ठूलो सम्पत्ति
हो । किराँतहरुको सभ्यताको विकास क्रममै “किरात” धर्मको आश्रित थियो ।
माथि उल्लेख गरिए बमोजिम जब किरातीहरु पूर्व तर्फ छारिदै जाने क्रममा
नेपालमा बसोबास गर्न पुगे , नेपालमा “किरात” धर्मलाई कुनै प्रवेश दिईएन ।
धेरै पटक र धेरै लामो समयको “किरात” समुदायको प्रबल दवाब र अनुरोधमा बल्ल
बल्ल २००१ सालमा आएर मात्र Population Census मा “किरात” धर्मका लागि एउटा
सानो कोलम (Colum).राखियो । २००१ को जनगणनामा “किरात” धर्मावलम्बी ८१८१०६
मात्र देखियो । यो तथ्यांक गलत थियो, ताप्ने “किरात” धर्म नेपालमा चौथो
हुन पुग्यो । हाल नेपालमा धर्म निरपेक्ष भनिए पनि धर्मको नाममा पूर पूरा
भेदभाव बिध्यमान छ । राजनीतिक रुपमा हिन्दु धर्मावलम्बी बाहेक अरु
धर्मवलम्बिले धर्म निर्पेक्षेताको अनुभव गर्न सकेका छैनन् । धेरै जसो
सरकारी संचार माध्यम र प्राइभेट मास मिडिया समेत हिन्दु र हिन्दु धर्म या
बुद्धिस्ट धर्म छ जस्तो नै गर्द्नैन् । सरकारी टी भी रेडियोमा किराती
धर्मको अस्तित्व दिएको देखिइदैन | प्राइभेट मिडियाले पनि वास्ता गर्दैन । हामीले
मिडिया प्रयोग गर्नु परे ठुलो खर्च हुने र हिन्दु या हिन्दु धर्मको
मिडियाहरुले राज्यले नै सबै प्रबन्ध गर्ने जस्ता राज्यको रनैया र
भेदभावपूर्ण ब्यबहार ब्याप्त छ । राज्यले समानताको अनुभूति गराउन सकेको छैन।

“किरात” धर्मको पवित्र ग्रन्थ मुन्धुम चन्द्रसम्शेर राणाको पालामा
लिम्बुवान संखुवासभामा आगो लगाइयो र त्यही (महन्त) श्रीजंगालाई
मुलुकबाट धपाइयो र सिक्किम सम्म धाएर पनि उनले “किरात” धर्म, सस्कृति ,
लिम्बु भाषा र श्री जंगा लिपि सिकाइरहेको अभियोगमा मारिएको थियो । त्यसरी
नै मुगिम अन्सी गुरु फाल्गुनन्दलाइ पनि तत्कालिन आधिनायकवादी सरकारले
विभिन्न पटक बिभिन्न ठाउँबाट प्रताडना गरियो । मुलुकबाट धपाइयो। विभिन्न
ठाउँबाट धर्मको प्रचार गर्न गराउन बाधा बिधि, व्यबधान खडा गरियो । हाल हामी
“किरात” धर्म र संस्कृतिका किताबहरुमा पाउन सक्दैनौ । तागेरा
निन्वाफुन्मंग, सम्बन्धमा कुनै पाठ छैन, युमा, थेबा, साम्मांग, सुम्निमा र
पारुहांग र श्रीमंगा आदिका बारेमा पढ्न पाउँदैनौ | केवल राम, सिता, कृष्ण,
बिष्णु भगवान, पार्वती, गणेश, र येशु क्रिस्टका बारेमा मात्र पढाइन्छ । यसैले
“किरात” समुदायले आफ्नो धर्म, संस्कृति एवं दर्शनको मूल्य मान्यताहरुलाई
कसरी अगाडी बढाउने भन्ने चुनौती छ । लामो समय सम्मको शासन सत्ताको भेदभावपूर्ण
दम्भपूर्ण ब्यबहारको कारण “किरात” धर्म घायल अवस्थामा छ । हाम्रा महान
धर्मगुरुहरुले देखाएको बाटो र उनीहरुले खडा गरेको संस्थाहरुलाई बचाउन र
बढाउदै लैजानु पर्ने आजको चुनौती छ । करिब करिब मृत अवस्थामा पुग्न लागेको छ।
त्यसैले हामीले भाषा,धर्म, लिपी अन्य कुराको संरक्षण गर्न एकदमै अत्यावश़्यक परेको छ ।

लिम्बु समुदाय कसरी किराँत भए kirat


किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । योभन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तैः यलम्बर, गस्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । तात्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन । राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियो । यसको अर्थ राजा भन्ने हुन्थ्यो । राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् । यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ । इतिहासकार इमानसिं चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन् । उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूको पुर्खा हुन् । दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन् । उनी खेवाहाङहरूको पुर्खा मानिन्छन् । खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ ।

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन् । उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए । विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो । यो राय उपाधि किरातहरूलाई दिइएको थियो । यो उपाधि किरात लिम्बूहरूले ६ पुस्तासम्म लगातार प्रयोग गरे । काठमाडौं उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस् उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन् । किरातहरू जातिवादी थिएनन् । उनीहरूमा जातीय अहंकार पनि थिएन । हिन्दू अतिवादी राजा पृथ्वीनारयण शाहको हमलाबाट वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए । पल्लो किरात लिम्बूवानसँग कयौंपटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे । त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले । यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो । यही क्रममा केहीले आफू राय लिम्बू भएको बताए । त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा राई भनी प्रयोग गरिएको छ । कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए । कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए । यहीँबाट खस पर्वतेहरूले उनीहरूलाइ लिम्बू र खम्बू भन्न थाले । यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आपूmलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन् । त्यसैगरी जे. आर. सुब्बाले धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन् ।

नेपाल खाल्डोबाट किरातहरू विस्थापित भइ याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन् । यिनीहरू वास्तवमा एकै सन्तान थिए । राजधानी सार्ने कुरामा मत विभाजन भइ दुई जातिमा विभक्त भएका हुन् ।  तात्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए । दूधकोसीको सिमाना पृथ्वीनारायण शाहले अरुण पश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुण पारिका धेरै ठाउँहरूमा लिम्बू सेनाहरूले लडेको प्रमाणहरू फेला परेका छन् । लिम्बूवानको गठन हुँदा छथरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा.हर्क गुरुङ ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन् । खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा लेखेका छन् ।

लिम्बू जातीय समुदायमा तीन समुदायको सम्मिश्रण छ । ती तीन समूहमा तिब्बती, चिनीया र किरात पर्दछन् । ती तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छ । अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ । जस्तै–उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ । यता तात्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए । यसर्थ कुनै पनि जाति शुद्ध  रहेको छैन ।

त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन् । राई जातिमा चीनको खाम प्रान्तबाट आएका समुदाय अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ । खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ । राई जातिमा तिब्बती र चिनियाहरूको पनि सम्मिश्रण रहेको पाइन्छ । यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामाकरण गरिएको हो । त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन् । याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ । लिम्बू जाति किरात होइन  भन्ने भनाइ सत्य छैन  । आठ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरुलाई दिगभ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा आठ किरात–चिनीया सरदारका सन्तानबीचको विद्रोहपछिका आठ किरातहरु पनि केही लिम्बू भएका छन् । अर्को लिम्बू र लिम्बूवान शब्द किरात  राजा याक्थुङहाङ लिलिमहाङ कै नामसँग सम्बन्धित छ । लिम्बू र लिम्बूवान शब्द  अरुबाट आयतित होइन ।

करिब दुईसय वर्ष अगाडि इतिहासकार कर्नेल कर्क पेट्रीकले ‘द अकाउण्ट अफ द किङ्डम अफ नेपाल’ नामको आफनो पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् । नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको कोशी, मेची अञ्चलको पहाडी क्षेत्र । यस्तो परिभाषा गरेको छ ।

तर अर्का इतिहासकार एच. हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए । त्यो पुस्तकमा लिम्बूहरूले आफूहरुलाई ‘याक्थुङबा’ भन्ने तर खस पर्वतेहरुले ‘लिम्बू’ भन्ने गरेको उल्लेख गरेका छन् । केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन् । ई.पु. ६०० तिर आसामतिरबाट आएका सानमकवानवंशी तीन पुरोहित सहित सात धनुर्धारीहरु प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दावी गरेका छन् । चिनिया भाषासंग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ । धनुकाँडको मद्धतले फेदाप राज्यमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुनगयो ।

अर्काथरी इतिहासकारका अनुसार ई.सं ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे । उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे । योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले । लिच्छवीको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले प्रस्ताव अस्वीकार गरे । त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कूल ५२ हजार कविलाइ सेना लिइ सुनकोसीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लृुङमा पुगे  । यो स्थान सामरिक महत्वको भएकोले यहीँ राजधानी बनाए । लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो । लिलिमहाङ्ले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरु लिम्बू हुन पुगे । स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनिया सरदारको विद्रोह मार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन् ।

सातौं शताब्दीमा राजा मावोरोङले दूधकोसी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष अझै छ ) १८ औं शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको बिहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो ।

सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजितेपछि उनले लिम्बुवानका केही थुमे राजालाई षडयन्त्रमूलक ढंगले आफनो पक्षमा पारे । पृथ्वीनारायण शाहको षडयन्त्र विरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे । त्यसको केही समयपछि उनको षडयन्त्रमूलक ढंगले गोरखाली सेनाले हत्या ग¥यो । राजा पृथ्वीनारायण शाहले वि.सं १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे । यो घोषणा पछि ३२ हजार लिम्बूहरु लिम्बुवानको स्थापनाको लागि विदेशिए । इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो । लिम्बुवान तीन फ्याक भइ नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो

नोगेन । चुरेरो ।। सेवारो

विज्ञः भवानी बराल
source www.mewanambin.com

Tuesday 14 November 2017

​प्रतिभासाली गायक राजेन्द्र केरुङ को ‘फुङ ईनु सेवा ‘ सार्बजनिक {हेर्नुहोस भिडियो सहित}

निसुम ‘ शुक्र चङ्बाङ

फालेलुङ ३ ताङ्लेपा पाँचथरमा जन्मिएर आफ्नै लिम्बू  भासा , संस्कार, संस्कृति र पहिचानलाई जिउदो राख्दै सुमधुर स्वरका धनी गायक तथा संगीतकार राजेन्द्र केरुङ लिम्बुको स्वरमा सजिएको लिम्बू सांस्कृतिक मुलक भिडियो संग्रह ‘ मिङ्सो ‘ भित्र रहेको ‘ फुङ ईनु सेवा चोगीरो ‘  सार्बजनिक गरिएको छ ।
        सांगीतिक क्षेत्रमा निक्कै सम्भावना बोकेका प्रतिभाशाली गायक तथा संगीतकार राजेन्द्र केरुङ ले नेपालका १६ औं राष्ट्रिय बिभुती महान समाज सुधारक महागुरु फाल्गुनन्द को जीवन दर्शन , उहाले किराँत समुदाय प्रती देखाउनु भएको ज्ञान , शिक्षा मै आधारित रहेर ‘फुङ ईनु सेवा’ गित प्रस्तुत गर्नु भएको छ ।  

         यस म्युजिक भिडियोमा  राजकुमार आङ्देम्बे , मौसम कन्दङ्वा लगायतको अभिनय रहेको छ भने शब्द तथा म्युजिक यादम नुनाम सेर्मा , सुमन योन्जनको क्यामेरा र लोकेन साँबा लिम्बुले निर्देशन गर्नु भएको छ ।

source by www.Darpannepal.com

Monday 13 November 2017

एक महापुरुष - आव जसको व्यापक चर्चा विस्वव्यापीक हुनेछ

नेपालमा एकजना यस्ता महापुरुष छन् जसको कामको चर्चा हरेक महिलावादी अभियन्ताको मुखबाट सुनिनुपर्ने हो । समाजसेवा तथा समाजसुधारमा लागेका हरेक अभियन्ताले उनको स्तूति गाएको सुनिनुपर्ने हो । त्यतिमात्र होइन, यी महापुरुषको जीवन र शिक्षाको प्रचार सरकारी स्तरमै व्यापक रुपमा हुनुपर्ने हो ।

🌹🌹🌹मनिता घिमिरे 

२०७४ कार्तिक २५ गते १७:३३


उनको नाम हो महागुरु फाल्गुनन्द । उनको चर्चा अभियन्ताहरुको मुखबाट सुनिएन भनेर चिन्ता नगरौं, यो सामग्री पढेपछि सबै अभियन्ताहरुको मुखबाट सुनिएला भन्ने आशा गरौं ।

यी महापुरुषको शिक्षा र जीवनको अनुशरण विश्वका हरेक मानिसले गरे हुन्छ ।

महागुरु फाल्गुनन्दका बारेमा एउटा वाक्य नै काफी छ, उनी नेपालका राष्ट्रिय विभूति हुन् ।

फलामसिंहदेखि फाल्गुनन्दसम्म

फाल्गुनन्द महान मानवतावादी थिए । उनी इलामको चुक्चिनाम्वाको लिङनेद परिवारमा विस १९४२ कात्तिक २५ गते जन्मिएका थिए । उनको नाम राखियो नरध्वज । उनको जीवनी लेखेका नरेन्द्रराज प्रसाईं भन्छन्, ‘सानो हुँदा एकपटक नरध्वज निक्कै विरामी परे । विरामी भएकै बखत उनी आफ्नै घरबाट मध्य रातमा हराए । त्यसबेला उनी जंगल पसेर अदृष्य भएछन् । धेरैपछि उनी इलामको देवमाई र माईखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्म उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । उनी सिद्ध र परम ज्ञानी भएको प्रमाण पनि फेला पर्यो ।’

त्यसपछि के भयो ? नरेन्द्रराज भन्छन्, ‘सिद्धज्ञानीको रुपमा उनलाई रक्षावन्धन स्वरुप उनलाई फलामको चुरो लगाइयो । त्यसपछि उनलाई फलामे साईंला भन्न थालियो । विस्तारै उनी फलामसिंह लिम्बू भन्न थालियो ।’

प्रसाईंले यसो भने पनि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले एउटा लेखमा नरध्वज सानोमा विरामी भए, निको हुन्छ भनेर फलामको चुरा लगाइदिएकाले नाम फलामसिंह रहन गयो भनी लेखेका छन् ।

नेपालका यी महान विभुतिले फलामको चुरा किन लगाए ? यसबारे खोज अनुसन्धान हुन जरुरी छ, किनभने यस्ता महापुरुषको जीवनीको सबै पक्ष सहि रुपमा आउन आवश्यक छ ।

जे भए पनि नरध्वजबाट फलामसिंह बनेपछि उनले ज्ञानगुनका कुरा प्रचार गर्न थालिसकेका थिए । कुरीति र अन्धविश्वाश हटाउनुपर्छ भन्थे । जनतालाई भेला गरेर समाज सुधारका लागि आव्हान गर्थे । वाल्यकालमै उनी शाकाहारी भइसकेका थिए । काटमार र वलिप्रथाको विरोध गर्थे । तिनै फलाम सिंह कालान्तरमा महागुरु फाल्गुनन्द बनेर मानवताका महान सेवाक बने ।

उनी कसरी महागुरु बने भन्ने बारे तल चर्चा गरिनेछ, त्यसअघि उनको युवाकालको बारेमा चर्चा गरौं ।

भारतीय सेनामा जागिरे

त्यसबेला लाहुरे बनेर व्रिटिस भारतको सेनामा जागिर खान जाने चलन थियो । फलामसिंह पनि जागिरे बन्न गए । सैनिक बनेपछि पनि उनले ज्ञानगुनका कुरा गर्न छाडेनन्, हिंसा गर्न हुँदैन भन्ने ज्ञान बाँडिरहे । त्यसैले सेनामा उनलाई योगी भन्थे । अहिंसा र शान्तिका पूजारी फलामसिंहलाई सेनाको जागिर सुहाउने थिएन, उनले जागिरे जीवन छाडे । त्यसपछि भूटान र भारतका विभिन्न भाग घुमे । तिर्थस्थलहरु घुमे । ज्ञानगुनका कुरा फैलाउँदै हिँडे ।

विभिन्न ठाउँ भ्रमण गरेर फलामसिंह स्वदेश फर्किए । फर्किए पछि उनले समाज सुधारका लागि प्रयास थाले ।

उनको आदर्श थियो, सत्य वचन, सत्य आहार, सत्य विचार । समाजमा सत्यको भन्दा असत्यको बोलवाला भएको, हिंसाहत्या भएको, कुरीति र कुसंस्कार भएको देखेर उनले हटाउन विशेष पहल गर्ने अठोट गरे ।

अब बने महागुरु फाल्गुनन्द

उनमा दैवी ज्ञान थियो । तर, त्यो समयको समाज अन्धविश्वाश र कुसंस्कारमा डुबेको थियो । त्यसबेला इलाम र पाँचथर लगायतका ठाउँमा अधिकांश बसोबास लिम्बू समुदायको थियो । उनले लिम्बू समुदायलाई लक्षित गरेर ज्ञान प्रचार गर्न थाले ।

उनले विस १९८८ बैशाख २४ गते पाँचथरको सिलौटीमा तत्कालिन दस लिम्बूवानका प्रतिनिधिहरुलाई चुम्लुङ (भेला) बोलाए । समाजका विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी लगायतको उपस्थिति थियो चुम्लुङमा । सो चुम्लुङले दस बुँदे सत्य, धर्म मुचुल्का जारी गर्यो । सत्य धर्म मुचुल्का लिम्बू समुदायका सबैले मान्नुपर्ने व्यवस्था गरियो ।

सत्य धर्म मुचुल्का लिम्बू समुदायका लागि महान घोषणा थियो । सो घोषणामा बलि नदिने र हिंसा नगर्ने उल्लेख छ । किराँत इष्टदेवहरुको निरन्तर पूजा आराधना गर्ने उल्लेख छ । मांसाहार र मदिरापानलाई निषेध गरिएको छ । पठनपाठन लिम्बू भाषा तथा लिपीमा गर्ने उल्लेख छ । उनलाई भाषा तथा लिपीको संरक्षण र प्रचारका महान अभियन्ता पनि मान्न सकिन्छ ।

सत्य धर्म मुचुल्का महान क्रान्तिकारी घोषणा थियो । सो मुचुल्काले लिम्बू समुदायका यावत कुरीतिलाई हटाउने उद्घोष गरेको थियो । समुदायलाई माथि उठाउन सचेत प्रयास गरेको थियो । सबैले आफ्नै देशको उत्पादनको कपडा लगाउने, घरेलु उद्योगलाई प्राथमिकदा दिँदै प्रवद्र्धन गर्ने कुरा मुचुल्कामा छ ।

यो चुम्लुङबाट गरिएको सत्य धर्म मुचुल्काले ठूलो हलचल ल्यायो । राणाकालीन त्यो समयमा यसरी समाज सुधारको कुरा गर्नु र काम नै अगाडि बढाउनु चानचुने थिएन । यो घोषणापछि फलामसिंहलाई महागुरु फाल्गुनन्द भन्न थालियो ।

फाल्गुनन्दका अनेक अनुयायीहरु भए । अनुयायीहरुको साथमा उनी विभिन्न ठाउँ जान्थे र ज्ञान बाँड्थे । फाल्गुनन्दको प्रभाव बढेको देखेर राणाहरुले खतरा देखे । उनलाई पक्राउ गरेर काठमाडौं ल्याइयो तर फाल्गुनन्दको सत्यका अगाडि कसैको केही लागेन । फाल्गुनन्द राजनीति गरेर सत्ता प्राप्ति गर्ने बाटोमा लागेका थिएनन्, उनी त इश्वरीय सत्ताका अभियन्ता थिए, मन वचन र कर्मले नै मानवताको सेवामा लागेका थिए । त्यसैले राणा शासकहरुको केही जोर चलेन, उनलाई ससम्मान छाड्नुपर्यो ।

महागुरु र महिला

मुचुल्कामा उठाइएका सबै विषय उत्ति नै महत्वपूर्ण छ तथापि यहाँ महिलाको प्रसंगका केही विषयमा चर्चा गरिन्छ ।

सत्यधर्म मुचुल्कामा छोरीलाई छोरा सरह अंश दिनुपर्ने, दाइजो र जारी लिन दिन नहुने उल्लेख छ । छोरीलाई पनि छोरालाई जसरी नै पढाउनुपर्ने उल्लेख छ । आजको समयमा उभिएर हेर्दा यी कुरा अति सामान्य लाग्छ । तर, उनले यो कुरा नौ दशक अघि भने
थिए । भनेको मात्र नभएर चुम्लुङ राखेर यो विषयलाई कार्यान्वयनमा उतार्न ठोस पहल गरेको देखिन्छ । महागुरु फाल्गुनन्दका विचार कोरा आदर्श र उपदेश मात्र थिएनन्, उनले व्यवहारमा उतार्न प्रयास समेत गरे ।

छोरीलाई अंश दिने सम्बन्धी अभियानको क्रममा विभिन्न विदेशी विद्धान तथा अभियन्ताहरुको उदाहरण दिने गरिएको छ । तर, उनीहरुलेभन्दा पहिले नै फाल्गुनन्दले नेपाली समाजमा छोरीलाई अंश दिने र समानताको विचार ल्याएर कार्यान्वयनमा उतार्न प्रयास थालिसकेका थिए । त्यसैले नेपालमा महिला समानताको आन्दोलन या अभियानमा सबैले सबैभन्दा पहिले लिनुपर्ने र अनुशरण गर्नुपर्ने नाम हो, महागुरु फाल्गुनन्द ।

लिम्बू समुदाय र फाल्गुनन्द

फाल्गुनन्दलाई किराँत धर्मका महान गुरु मानिन्छ । जतिबेला फाल्गुनन्दले ज्ञान बाँड्दै थिए त्यसबेला उनको समाजमा लिम्बू जाति मात्र थिए । त्यसैले उनले लिम्बू समुदायलाई माथि उठाउने, अज्ञानबाट ज्ञानको उज्यालोमा लैजाने, त्यो समुदायमा रहेको कुरीति हटाउने काम गरे ।

तर, ज्ञान कुनै जातीय सीमाभित्र बाँधिएर बस्ने विषय होइन । महागुरु फाल्गुनन्दले बाँडेको ज्ञान समस्त नेपालीका लागि हो, समस्त मानवका लागि हो । यस्ता महापुरुषलाई एउटा जातीय समुदायभित्र सीमित गरेर राख्नु या त्यसरी सोंच्नु सर्वथा अनुचित हो । हुनत महापुरुषहरु प्रारम्भमा उनी जन्मिएको जातीय समुदायमा सीमित हुन्छन्, समयक्रममा त्यस्ता महापुरुषको ज्ञानको प्रचार सर्वत्र हुन्छ । अहिले आएर फाल्गुनन्दले बाँडेको सत्य, अहिंसा र समानताको ज्ञान लिम्बू समुदायको नयाँ पुस्ताले पनि अनुशरण गर्न थालेको देखिएको छ । यो सकारात्मक कुरा हो । अब बेला आएको छ महागुरु फाल्गुनन्दको सत्य, अहिंसा र समानताको विचार तपाईं हामी सबैले सबैतिर फैलाउने ।


source by www.hamrokatha.com



Sunday 12 November 2017

हङकङमा यसरी १३३औ फाल्गुनन्द जन्म जयन्ती मनाईयो भिडियो सहित


चर्चित गायक जेपि नेम्बाङको -किराती आनि लछारो



लिम्बु तथा  नेपाली गित सगितका चर्चित गायक जेपि नेम्वाङको  किराँती आनि लछारो गित ले हजारौं किराँत लिम्बु समुदायको मन जित्न सफल भएको छ्न ।
उक्त गितले आजको आवश्यकता किराँत  एकता हो भन्ने मुल शदेश दिनु खोजिएको छ।

बैरागी काईलाले यसो भने महागुरु फाल्गुनन्द बारे


Tuesday 15 August 2017

Oat- तागेरा निवाभुमाङ- Kirat online


Lyrics & Music : Kirat Dharmaguru Aatmananda Lingden 'Seing'
Vocal : Mamila Lingden & Thokphela Lingden Artist : Senchhehangma Ewai Rai Album : Kirat Spandan Production : Kirat Samyo Sakthimgen Mujotlung Panjumbho, Mangsebung

BHUTANESE KIRAT UBHAULI SEWA II Grand Rapids, MI 2017


Tuesday 8 August 2017

तिम्रो एक मुस्कानमा हराउने यो stupidमन





भन्नू छ आज मनको कुरा....💘
तिमी नै हौ मेरो आखाको तारा
तिमिलाइ नै सुम्पे यो जीवन सारा
तिमिलाइ भेटेपछी भुलिदिन्छु यो
दुनियाँ सारा.....:)🌹🌹🌹🌹


 

तिम्रो मुटु बनु 
तिम्रो धड्कन बनु 
तिम्रो सास बनु
माया खास बनु 
तिमी तिमी तिमिमै छ मेरो हर खुशी 
तिमी तिमी नै हौ मेरो जिन्दगी ।💋💕

तिम्रो खुसि को लागि यो जिन्दगी
💛किस्ता किस्ता मा बेच्न तयार छु
प्रिय मुस्कुराउन चाहि न छोड
💜किनकि तिम्रो मुस्कान मा
मेरो जिन्दगी को मुल्य छ



Wednesday 2 August 2017

किरात मुन्धुमी इतिहास -kirat online




सृष्टिको संरचनामा ईश्वरबाट मानव सृष्टि हुदै सूर्यवंशी र चन्द्रवंशी विभाजन, सूर्यवंशी किरात कूलमा येहाड़को जन्म, मुजिनामा खेयड़नामाले प्रदान गर्नु भएको मृत्यु कर्म-संस्कारका बिधि बिधान, जल प्रलयका युगपुरुष सोधुड़गेन लेप्मुहाड़ आदी अत्यन्तै महत्वपूर्ण हुनुका साथै यी अत्यन्तै प्रारम्भिक र सृष्टिकालिन मुन्धुमी दर्शनहरु हुन्।यो सृष्टिसँगैको मुन्धुमी ईतिहास हेरेर किरात मुन्धुम-धर्म-दर्शनबारे सजिलै बुझ्न सक्छौँ।

यो तलको चार्टलाई राम्ररी नियालेर हेरौँ।
---------------------------------------------------

ओत तागेरा निड़वाभूमाड़
                |
                |
पोरोक्मी यम्भामीमाड़
                |दोस्रो ईश्वर सृष्टिकर्ता नपुंसक
                |
मुजिनामा खेयड़नामा+सुसुवेड़ लालावेड़
                |एक छोराको जन्म
                |
युक्पुड़गेन सावागेम्बा
                |चार विवाह
                |
युक्पुड़गेन सावागेम्बा +
(1)थोसुल्लु थियाक्लुड़मा(सूर्यवंशी स्त्री)
(2)योसुल्लु मुगप्लुड़मा  (सूर्यवंशी स्त्री)
(3))सुसारिमा  (चन्द्रवंशी स्त्री )
(4)भन्दारिमा  (चन्द्रवंशी स्त्री)
                |एकएक गरी 4 सन्तानको जन्म
                |
सूर्यवंशीबाट एक स्त्री र एक पुरुषको जन्म
(1)सुवाम्फेम्बा (सूर्यवंशी पुरुष),
(2)लाहादड़ना(सूर्यवंशी स्त्री)

चन्द्रवंशीबाट एक स्त्री र एक पुरुषको जन्म
(1)लिड़दाड़खेवा(चन्द्रवंशी स्त्री),
(2)साड़दाड़खेवा(चन्द्रवंशी पुरुष)
                |
                |
सुवाम्फेम्बा + लाहादड़ना(सूर्यवंशी चेलीमाईती बिग्रन्दा)
               
           
 आठ पुत्रहरु/सावायेत्हाड़हरुको जन्म  (सावायेत्हाड़को अर्थ सावा=सन्तानहरू, येत=आठ,हाड़=राजा) समग्रमा आठ सन्तानका राजाहरु भन्ने हुन्छ।
जस्तै सावायेत्हाड़हरु:-
(8).........
(7).........
(6).........
(5).........
(4).........
(3)........
(2).........
(1)लादिप्पा(कान्छा पुत्र)
               |कान्छा पुत्रको विवाह
               |
लादिप्पा+सुसुम्ना
               |
               |
(1)पानतुम्याड़  (जेठो छोरा)
(2)तेनतुम्याड़  (कान्छा छोरा)
(3)खापुनामा मुरड़नामा (एक स्त्री चेली)
               |
               |
पानतुम्याड़(पानतुम्याड़को पुत्र येहाड़)
               |
               |
         येहाड़ (प्रथम किरात मुन्धुमी युगपुरुष)(येहाड़ मुन्धुमका आठ बिधाका प्रतिपादक, जस्तै या-साम्बा-फेदाड़बाहरुका मुन्धुमका संस्थापक तथा सर्जक युगपुरुष हुन् येहाड़।येहाड़को एघार औ पुस्तामा जेठो नातिको रुपमा सोधुड़गेन लेप्मुहाड़को जन्म
               |
               |
सोधुड़गेन लेप्मुहाड़                               (जल प्रलयकालिन दितिय मुन्धुमी युगपुरुष)
               |
               |
कान्देनहाड़  (तेस्रो मुन्धुमी युगपुरुष)
               |
               |
माबोहाड़ (चौथो मुन्धुमी युगपुरुष)
               |
               |
तेअंसी श्रीजंगा(पाचौँ मुन्धुमी युगपुरुष)
               |
               |
महागुरु फाल्गुनन्द(छैटौँ मुन्धुमी युगपुरुष)
               |
               |
आत्मानन्द सेइड़( सातौँ किरात मुन्धुमी युगपुरुष) + पवित्रहाड़मा सावा लिड़देनहाड़मा (युमा मामाड़)


Tuesday 1 August 2017

तपाई हाम्रो सानो सहयोग नै उनको लागी जिबन दान हुने छ।




बिगत लामो समय देखी आफ्नो दुई ओटै मिरगौला ले काम गर्ने नसक्ने भै आफ्नो कलिलो जिबन मृत्यु संग लढ़दै रहेका अवस्थामा नै दुबै किड्नी बिग्रिएकोले आफ्नो श्रीमती वा आमा कुनै एक जनाबाट किड्नी दिइने तर अप्रेसनको लागि आर्थिक अवस्था कमजोर भइ अहिले सम्म पनि अप्रेसन हुन सकेको छैन बिरामीको अवस्था दिन प्रतिदिन एकदमै कमजोर हुदै गइरहेको हुदा यथा सिग्र सहयोगको लागि बिनम्र अनुरोध गर्दछौ

 l

बिरामीको नाम : राम बहादुर लिम्बु
बर्स :२९
ठेगाना : पथरी सनिस्चरे ८ सुक्रबारे मोरंग
बिरामीको श्रीमतीको नाम : साबित्रा लिम्बु
बहिनि: गंगा लिम्बु  फोन न:+97798 1239 3564
बिरामी राम बहादुर लिम्बुको फोन न: +97798 0518 0767
बैंक खाता न: NIC Asia Bank 8483882807524001(श्रीमती साबित्रा लिम्बुको नाममा खोलिएको)



मानब सहयोग नै सबै भन्दा ठुलो धर्म हो !!

Pls share गरेर अन्य अरु सहयोगीमनहरुलाई पनि हातमा हात मिलाउन अनुरोध गरिदिनुहोला l

Friday 28 July 2017

ताप्लेजुङको पाथीभरामा किरात धार्मिक माङ्सेवासावा भवन निमार्ण सुरु



, १३ साउन २०७४ माङसेबुङ/ताप्लेजुङ जिल्लमा रहेको  अति चर्चित धार्मिक साँस्कृतिक पर्यटकीय स्थल पाथीभरा मा स्थापित मुकुम्लुङ युमा माङहिम पाथीभरा देव धाममा किरात माङसेवा सावा पुजारी वस्ने भवन निमार्ण कार्य प्रारम्भ भएको छ । किरात धर्मावलम्वीहरु र बलिपुजा नगर्ने  भक्तजनहरुका निम्ती केही बर्षयता वलि रहीत मन्दिर निमार्ण गरिएको छ । सो कार्यसंगै अस्थाई रुपामा माङसेवा सावा पुजारी राखिएता पनि ब्यबस्थापन हुने सकेको छैन । बिभिन्न संघ संस्था र भक्तजनहरुको सहयोगमा सामन्य रुपमा माङहिम निमार्ण र मन्दिर परिषरमा ढुङ्गा बिछ्याइएको भए ता पनि माङसेवासाबाका लागि पुजारी गृह निमार्ण गर्न सकिएको छैन । विगतमा भतmजनहरु केहि थेरै आउने गथे तर अहिले आएर विसुद्ध वलि रहित भतmजनहरुको चाप घुइचो लाग्न थालेको छ । भतmजनहरुको सुविधाका निम्ती किरात पुजारी सो स्थलमा सदावहार वस्नु पर्ने तिर्थ यात्री भतmजनहरुको माग आउन थालेको छ । हाल सम्मा किरात पुजारी माङसेवा सावा दुई जना नियुतिm गरिएता पनि उनिहरुको वस्ने पुजारी गृह नभए पनि आफनै घरबाट हप्ताको दुई तिन पटक मात्र पुगेर सेवा संचालन गर्ने गरेका छन । 

२०६९ साल वैशाख २५ गतेका दिन किरात धर्म गुरु लिङदेन आत्मानन्द ज्यु र गुरु माता पवित्रहाङ सावाहरुको देव सवारमा सो स्थलमा किरात सावायेतहाङ मुजोत्लुङ उठाएर माङहिमको उदघाटन गर्नु भएको थियो सो समय देखि गुरु देव गुरुमाहरुको निदेर्शन अनुसार मुकुम्लुङमा देवीको सेवाको निम्ती दैनिकी पुजारी राख्ने निर्देशन भएता पनि आवश्यक भौतिक संरचाना निमार्ण गर्न नसके पछि केहि ढिलाई भएको छ । मुकुम्लुङ युमा माङहिम समितिको तकालै निणर्य अनुरुप माङसेवा सावा बस्ने पुजारी भवनका लागि स्देश विदेशमा वस्नु हुने भतmजनहरुको सहयोग र विभिन्न दाताहरुको सहयोगमा चाडै पुजारी भवन निमार्ण गर्ने भएको छ । प्रत्येक सहयोगदाताहरुको रकमको  आधारमा सो स्थलमै प्रत्यक्ष शिलालेखमा नाम ठेगाना सहित राखिने भएका छन । सो भवन निमार्ण भए पछि भतmजहरुको सेवा दिन र दैनिक सेवा संचालन गर्न पुजारीहरु अटुटरुपमा रहने छन ।

आराम्भ.com बाट


Thursday 27 July 2017

Nepal idol 2017 प्रतिस्पर्धी प्रमिला राई लाई भोट गरि सहयोग गरौ

भोट गर्ने समय  बिहिबार  रति  8: 45 देखि  सुक्रबार  12 बजे सम्म नेपाल बाट 
Mobile को  messege box मा जानुस र  
09 लेखेर 35225 मा send गर्नुस एउटा sim card बाट 500 भोट गर्न मिल्नेछ!  
बिदेश बाट mobile मा Nepal idol app dowanload गर्नुस र आफ्नो ID प्रयोग गरि 5 पट￰क भोट गर्न सक्नु हुनेछ !धन्यवाद.



Tuesday 25 July 2017

किरात बंसले शास्त्र पढ़न छोडे भने बंस मासिन्छ। ( ............... शिरीजङगा)


आफ्नो भाषा लिपि बचाई राख्न मैले त सुरुवात गरे !!
तपाई नि?

by..soonita kirantee

किरात बंसले शास्त्र पढ़न छोडे भने बंस मासिन्छ।।

                                                       शिरीजङगा
आफ्नो भाषा लिपि बचाई राख्न मैले त सुरुवात गरे !!
तपाई नि??

हिमालको काखमा हिउँ सग रमाउने म सेर्पाको छोरो ।

जाडो पनि अति जाडो गर्मीको त जन कुरै नगरौं  यहाँ

नाै महिना गर्मीमा तीन महिना जाडो को कुनै मुल्य छैन यहाँ

हिउँ संग खेलदै हुर्केका शेर्पाको छोरा ,
 आज मरुभूमि को तातो घामले पोल्दै छ यहाँ

जन्म दिने बा-आमा र जन्मेको देशलाई छाडेर ,
म आइपुगे आज यहाँ

आफ्नो भाषा र धर्म भुल्छा कि भन्ने डरलाग्दै छ मलाई यहाँ

देश छाडि , बिदेश आउनुपर्ने लाखौं नेपाली युवा युवतीको रहरले होइन यहाँ

आफ्नै देशको त्यो हाल देख्दादेख्दै ,अर्को को देश बनाउनुपर्ने
कुनै नेपाली को रहर छैनन् यहाँ

Thursday 20 July 2017

किरात के हो ? यसको बिकास कसरी भयो ?

   किरात धर्म आफै मा एउटा सिंगो मानव सभ्यताको इतिहासको एउटा जीवित र्दशन हो। यो धर्म कुनै जात, जाति, समुदाय विशेषमा मात्र आधारित छैन। यो व्यापक छ। यो आफैंमा एउटा जीवन पद्धति हो। किरात धर्म अवलम्बन गर्न किराती समुदायको हुनुपर्छ भन्ने जरुरी छैन। धर्म भनेको धारणा हो। बेबिलोन मेसोपोटामिया सभ्यताकालीन अवस्थामा किरातीहरुले अवलम्बन गरी आएको धर्मको कुनै नाम थिएन। उनीहरु शुरुमा आत्मान्तर अस्तित्ववाद वा आत्मवादमा विश्वास राख्थे। र कालान्तरमा उनीहरुको सभ्यता, भोगाइ, सोचाइ वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण गर्दै आउने क्रममा किरात धर्मको विकास हुन गएको हो। त्यस अर्थमा किरातीहरु किरात धर्मावलम्बी हुन पुगेका छन्। यो दर्शन, सभ्यता वा सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचीन जाति हुन् भन्ने कुरो इतिहासकारहरुले स्वीकार गरेका छन्। यसबाट किरात धर्म प्राचीन धर्म हो र किरातीहरु पनि प्राचीन जाति हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ।

किरात धर्म इसाई, इस्लाम वा बौद्ध धर्मजस्तो कुनै एक व्यक्तिबाट घोषित धर्म नभएर पुर्खाहरुको हजारौं वर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा हेरेको निचोड हो। किरात धर्मको पवित्र ग्रन्थ मुन्धुम हो। मुन्धुम त्यही हजारौं वर्षको पुर्खाहरुको भोगाइ वा जीवन र जगतप्रतिको बुझाइले सिर्जना गरेको नियमहरुको संग्रह हो। यसरी हेर्दा किरात मुन्धुम एउटा सिंगो किरात सभ्यताको इतिहास हो।

किरात मुन्धुममा सिंगो सृष्टिको वर्णन छ। मुन्धुममा पृथ्वीको उत्पत्ति र त्यसपछि क्रमश: वनस्पति, जीवजन्तु तथा मानिसको सृष्टिको कथा वर्णित छन्। मुन्धुमका यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन्। त्यस्ता कथा, किंवदनतीहरु काल्पनिक संसारमा आधारित नभई यही धर्तीका खोलानाला, डाँडापाखा, गुफा, पोखरी तथा किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन्। किरात भाषाकै ‘मुन’ र ‘दुम’को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया भन्ने हुन्छ। यसको अर्थ मुन्धुम कुनै एतिहासिक कहानी मात्र नभएर जीवन दर्शन हो। एक गतिशील प्रक्रिया हो। यसले मानिसलाई समय र परिस्थितिअनुसार चल्न प्रेरित गर्दछ न कि परम्परागतरुपमै रहिरहन बाध्य तुल्याउँछ। प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ। चिन्तन, मनन र कुनै पनि कर्मको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई थुक्साप मुन्धुम भनिन्छ। प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार पेसाप मुन्धुम भनिन्छ। मुन्धुम आफंैमा एउटा साहित्य कोष पनि हो। किरात मुन्धुम सिंगो किरात सभ्यताको इतिहास हो। किरात मुन्धुमको सृष्टि वर्णन विज्ञान सम्मत छ।

Sunday 16 July 2017

हाम्रो किराँती चेली

किरात धर्म र किरात समुदाय

किरात समुदाय::- केरेक र अोति =किराति सँज्ञाले सम्बोधित किरात बर्ण र समुदाय भनि चिनिएका युयुगेन सावगेम्बाका अनु बँश समेटि मेन्छ्याम्गेन नाम्याम्मि साँ मना बँश नै कालन्तरमा किरात भनि चिनिएको,उक्त जाति, समाज, बँश र बर्ण सभ्यताका प्राचिन मुना तेम्बे बाट फैलिएको मानब जातिहरु युग युगान्तरमा किरात कहलिन पुगि किरात भनि चिनिन थाले।

ईतिहासमा उल्लेख छ अादिबासि जनजाति किरातिहरु नेपालको प्राचिन जाति हुन्। र यि जातिहरु हिमालयको भागमा बसोबास गरेको पाईन्छ। यि जातिहरु प्राचिन कालमा नै मँगोलबाट अाई नेपालमा बसोबास गरेकाले यि जातिहरुनै यहाका अादिबासि भनि निशदेह भन्न सकिन्छ। किरात जातिले नेपालमा ३२ पुस्ता शासन गरेको पनि नेपालको ईतिहासमा उल्लेख छ।
#धर्म::- यि जातिहरुको धर्म किरात धर्म हो। किरात सभ्यताका साथ साथै किरात युगपुरुष येहाङ द्वरा स्थापित पेसाप मुन्धुम:-लिखित ईतिहास शास्त्र, थुङसाप मुन्धुम:- मौखिक शास्त्र, शक्सक मुन्धुम:- भाषा,लिपि,साहित्य शास्त्र, साम्यो मुन्धुम:- अध्यात्मिक तथा धार्मिक शास्त्र जस्ता मुन्धुम,सँस्कार,सँस्कृतिका धनि माङधक कुधक: देब गण पुत्र/पत्रि तागेरा निङ्वा भु माङको सृष्टि किरातेश्वरका सन्तान किरातिहरुको धर्मको प्राचिन परम्परा अत्यान्त्यै उच्च तथा महा थियो। सभ्यता,सँस्कृति को शिखरमा पुगेको थियो। यज्ञ,होमादि, जब, तब, योग्यभास, तपस्या जस्ता ऋषि मुनिको काम किरात सभ्यतामा जल्दो बल्दो थियो भन्ने सिवा खाहुन लगायत ईतिहासका पानाहरु सजिब रुपमा ब्यक्त गरिरहेका छन्। सिँगो धार्मिक निष्ठा, भक्ति,धर्म, कर्म सँस्कृत,सँस्कारगत सभ्यता बोकेका किरात अनुयायिहरु युग युगान्तरमा अनेकौ राजनितिमक,धार्मिक क्षेत्रबाट बिभिन्न दृष्यहरु फैलिदै अाएकोले कालन्तरमा किरातिहरुको लिखित मुन्धुम,भाषा,लिपि,धर्म सँसकार र सँस्कृति हराउदै अाज २१ अौँ शताब्दिमा पुग्दा हाम्रो लिखित मुन्धुम,भाषा,लिपि नै थिएना जस्तोभएको छ किरात समुदायमा।

जय किरात