काठमाडौं, साउन ७ चर्चित कलाकार यादन शेर्मा "नुनाम" को सगित र सिर्जनामा तयार गरिएको किरात भजन “ओत माङे सेवारो सिवाखान” सार्वजनिक गरिएको छ।
गीतमा स्वर सुनिता लावतीको रहेको छ भने, गीतको व्यवस्थापन मनोज साङ्सन राईले गरेका छन्।
स्टुडियो - किङमा रेकर्डिस्टमा सुरेश राईको प्रविधिक सहयोगमा रेकर्ड गरिएको यस भजनको क्यामेरा तथा सम्पादनको जिम्मेवारी कृष्ण थालाङले सम्हालेका छन्।
किरात धार्मिक भावनालाई समेटेर तयार पारिएको यो भजन हाल युट्युबलगायत सामाजिक सञ्जालमा हेर्न सकिन्छ।