Saturday, 9 November 2024

आज देश भर महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

किरात धर्म दर्शनदाता, किरात समाज सुधारक, मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्ती तथा किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती आज देश बिदेश मनाईदै छ १३ अाै राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औ जन्म जयन्ती केन्द्रिय कार्यक्रम ईलामको सन्दलपुर गाउपालिका ४ माबुमा हुदै छ। पुजनिय किरात धर्म गुरु मुहिङगुम अङसिमाङ आत्मानद ज्यु तथा गुरूआमा पवित्रहाङमा साँवा लिङदेन ज्यूको माडसवारीमा किरात धर्म दर्शनदाता, समाज सुधारक, मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्तीको अवसरमा महागुरु फालगुनंद लिंगदेन सालिक आनावरण तथा माङहिम उद्द्धातन कार्यक्रम र पुर्बीनेपालको विभिन्न लिल्लाहरुमा माङ सावारी हुने कार्यक्रम छ साथै आज देशभर नै जन्म जयन्ती मनाइँदै छ।
कात्तिक कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन्। उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ। सानो उमेरमा धेरै बिरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जीवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाइदिएकाले गाउँमा बोलाउने नाम फलामसिंह परेको जानकारहरूको भनाइ छ। महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्म जयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ। यसैगरी किरात धर्मावलम्बीहरू बसोबास रहेको नेपालको विभिन्न भूभाग, भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्म जयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान सङ्घ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए। विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रूपमा पूजाआजा गर्ने गरेको पाईन्छ। समुदायमा रहेको सामाजिक विसङ्गति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले विक्रम सर्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा उनले सत्य धर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए। फाल्गुनन्दले किरात सामाजिक मुन्धुम (शास्त्र)को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलि पूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरुत्थानजस्ता कार्यहरू गरेका थिए। समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

No comments:

Post a Comment