Tuesday, 6 May 2025

आज ९५ औं किराँत समाज सुधार दिवस

 आज ९५ औं समाज सुधार दिवस । देश विदेशमा छरिएका किराँत धर्मावलम्बीले विभिन्न कार्यक्रम गर्दै समाज सुधारक तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दलाई स्मरण गरेर मनाउदैछन ।

१९८८ साल वैशाख २४ गते नेपालका १६ औं विभूती तथा किराँत धर्मका प्रवर्तक फाल्गुन्द लिङ्देनले १० लिम्वुवान १७ थुमका प्रतिनिधि वोलाएर सत्य धर्म मुचुल्का घोषणा गरेको दिनलाई किराँत धर्मावलम्बीहरुले आजको दिनलाई समाज सुधार दिवसका रुपमा मनाउने गरेका हुन ।

मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्माललम्बीका संस्कारमा जाँड, रक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने उल्लेख छ ।

 यस्तै छोरीको विवाहको कुरो छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा उल्लेख छन ।

समाज सुधार दिवसका अवसरमा फाल्गुनन्दको समाधिस्थल सिलौती,तपोभूमी लब्रेकुटी,किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको आधार क्षेत्र लारुम्बा सहित उक्त धर्मावलम्बीको वसोवास रहेका स्थानमा विविध कार्यक्रम आयोजना गरि मनाईदैछ


किरात समाज सुधारको हार्दिक शुभकामना !

जकैदिन अर्थात् १९८८ साल वैशाख २४ गते किरात धर्म  महागुरु नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनज्यूले पाँचथरको लोब्रेकुटी १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवीकाे भेला गरी (महाचुम्लुङ गरी) किराँत धर्म  सुधारका लागि सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गर्नुभएको थियो । ‘सत्यधर्म मुचुल्का’ किरात धर्म सुधारको लागि कोशेढुंगा साबित भयो । त्यही दिनको सम्झना  हरेक वर्ष वैशाख २४ गते किरात समाज सुधार दिवस मनाइन्छ । किरात समाज सुधार दिवसको  हार्दिक शुभकामना