आजकैदिन अर्थात् १९८८ साल वैशाख २४ गते किरात धर्म महागुरु नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनज्यूले पाँचथरको लोब्रेकुटी १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवीकाे भेला गरी (महाचुम्लुङ गरी) किराँत धर्म सुधारका लागि सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गर्नुभएको थियो । ‘सत्यधर्म मुचुल्का’ किरात धर्म सुधारको लागि कोशेढुंगा साबित भयो । त्यही दिनको सम्झना हरेक वर्ष वैशाख २४ गते किरात समाज सुधार दिवस मनाइन्छ । किरात समाज सुधार दिवसको हार्दिक शुभकामना
No comments:
Post a Comment