Sunday, 8 June 2025

पृथ्वीको बारेमा बोल्ने म मात्र छु: किरात धर्मगुरु


इलाम, २४ जेठ २०८२, माङसेबुङ/ किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले पृथ्वीको संरक्षण र उपकारको बारेमा बोल्ने आफुमात्र भएको बताउनुभएको छ। विज्ञान प्रविधि, मानव निर्मित संरचना र अमानवीय गतिविधिले पृथ्वीको आयु छोटिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। 



        पृथ्वी रहेमात्र राजनितीज्ञहरुले राजा, राष्ट्रपति हुन पाउने उल्लेख गर्नुहुँदै सेवा भक्ति र शान्तिले मात्रै पृथ्वीको आयु बढ्ने चर्चा गर्नुभएको छ। बिश्वमा अशान्तिको संकेत आएको पनि बताउनुभएको छ। धर्मगुरुले भन्नुभयो, जस्तोसुकै महायुद्ध लडाइँ भए पनि यसको मिलनविन्दु अर्थात अचुक बुट्टी भनेको शान्ति नै हो। बिश्वमा शान्ति भयो भनेमात्र मानवले अमनचयन गर्न पाइन्छ, धर्मगुुरु ज्युले भन्नुभयो । यही जेठ २३ गते आयोजना गरिएको दोस्रोपटकको भविष्यवाँणी समारोहलाई आशीर्वचन दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
       भविष्यमा पृथ्वीमा ठूलो राजनीतिक तथा भौगोलिक परिवर्तन आउनसक्ने पनि बताउनुभएको छ। यसैगरी पुर्वी एशियाली राष्ट्रमा शक्तिशाली नेताको उदय हुने र उसको नेतृत्वमा ठूलो परिवर्तन हुने पनि बताउनुभएको छ। भविष्यवाँणी गर्नु आफुलाई सजिलो नभएको तर माङको आज्ञाले गर्दा बाध्यताले आफू उभिनु परेको बताउनुभयो । 
      भविष्यवाणी कार्यक्रम अन्तर्गत धर्मगुरुले बिश्व र ब्रह्माण्डको बारेमा लामो चर्चा गर्नुभएको थियो। बिशेश गरेर धर्मगुरु ज्युले ३ वटा बिषयलाई लक्षित गरेर बोल्नु भएको थियो। महामारी, दैवीप्रकोप र युद्धको बारेमा आफ्नो भक्तजनलाई सचेत गराउनुभयो। उहाँले बिश्व शान्तिको बारेमा लामो व्याख्या गर्दै शान्ति मात्र मानव हितको एकमात्र अचुक अस्त्र रहेको बताउनुभयो । किरात धर्मगुरु ज्युले वि सं २०४९ सालमा पहिलोपटक भविष्यवाणी गर्नुभएको थियो। त्यसपछि लगभग ३३ वर्षको अन्तरालमा दोस्रोपटक भविष्यवाणी गर्नुभएको हो।
        धार्मिक विधि अनुसार भव्यरुपमा सजाइएको बिशिस्ट मञ्चमा रहेको शान्ति महादिप बालेर किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देन ज्युले भविष्यवाणी समारोहको शुभारम्भ गर्नुभएको थियो। यसअघि सप्ताहव्यापी बिश्वशान्ति सेवामा धर्मगुरु, गुरुआमा सहभागी हुनुभएको थियो। समारोह अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम धर्मगुरु ज्युको भविष्यवाणी सँगै समापन भएको छ।


दोस्रो माङ इङघङ भबिस्यबाणी सङ्कलक

नेम्वाङ नन्दकुमार गाउँले जि
आरम्भ. com


No comments:

Post a Comment