Thursday, 16 November 2017

किरात" भनेको के हो ? र "किरात" भन्नाले केलाई बुझाउँछ , "किरात" को पृष्ठभूमि के हो ? “


प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोंगले “किरात” शब्दको उत्पति भूमध्य
सागरीय क्षेत्र (Meditarian Region) मो आवाइट(Mobite) भाषाको किरियात
(Kiriat) भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन् । यसको अर्थ किल्ला
(Fort) , शहर (Town) भन्ने हुन्छ , भनेका छन् । जब उनीहरुको संज्ञा बढ्दै
गयो , धेरै जिल्लाहरु (Forts) र शहरहरु
(Towns) बनाए र त्यसलाई किरियात हिम (Kiriat Hime) भनियो । त्यहि वंश
कालान्तरमा किराती (Kirati) भन्न थालियो र किराँती वंश (Kirat Tribe) भयो
(Chemjong the history and culture of Kirat People) .

किरातीहरुको पृष्ठभूमि (Background)
प्रशिद्ध इतिहासकार ईमान सिंह चेम्जोंगले " “किरात” साहित्यको इतिहास "
नामक पुस्तकमा Sir John Hammerton ले Ancient History शिर्षक लेखमा "
प्राचिन बेबिलोन र मेसोपोतामियाको सभ्यता संग किरातहरुको सम्बन्ध थियो "
भन्ने कुरा पुष्टि गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छा भने
मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम वस्ती बसाले ।
त्यहाँ उनीहरुले प्राप्त गरेको अनुभव, अनुभूतिहरुलाई संगालेर प्रथम मानव
सभ्यताको विकास गरेका थिए । त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केका  एक समुह
यात्राको अनेकौ अनुभूतिहरु संगालेर हिमालयको काखमा आइ वस्ती बसाले ,
जहाँ उनीहरुले आफ्नो अनुभूतिको आधारमा "किरात” दर्शन विकास गरे ।
डा ब्राइन हड्सन (Doc Brian Hodson) लगायत सुप्रसिद्ध बौद्धिक
व्यक्तित्व S.K. Chatterjee ले समेत उनको “किराँत” “किरात” जनाकृति नामक
प्रसिद्ध कृतिमा भनेका छन् कि बुद्ध (Buddha) जो एउटा मानव जातिकै
महाननेता एने सुप्रसिद्ध गुरु थिए , उनि पनि शुद्ध या मिश्रित “किराँत”
उत्पतिकै हुन् भन्ने उल्लेख गरेका छन् । (History of People Kirat- The
term kirat and its origin) धेरै बुद्धिष्ट लेखकहरूले भनेका छन् कि “किराँत”
शब्दावलीमा बाह्रौ पुस्तापछी एउटा “किरात” समुदायको शाखा इन्डोगंगा
मैदान क्षेत्र.(Indo – Ganga Plain region ) बाट हिमाल पर्वत क्षेत्र तर्फ
र अर्को शाखा लंका चा Ceylon को दक्षिण तर्फ लागेको उल्लेख गर्छन । यसैले
केही मानवशास्त्री विद्धानहरुले नेपालको पूर्वी क्षेत्रमा याक्खा जाति
Ceylon. मा "याखा " नाम गरेको एउटा आदिवासी .(Tribe). पाइएको उल्लेख गरेका
छन् ।

नेपालमा भएको “किरात” समुदायलाई ३ किसिमबाट विभाजित गर्न सकिन्छ
। “किरात” "मुन्धुम " मा परम्परा अनुसार यी तिन शाखाले जातिहरुमा "
खाम्बिवान्सा या खम्बुस , अर्को तै सान्थास अथवा मंगोल हरू र अर्को मुनाफिन
या चैनिं खम्बुशहरु हिमालयका अग्रज Immigration हुन् भने थानवास या
मंगोलहरु र मुनाफें या चाइनिज जातिहरु पछिबाट आएका हुन् र खाबुससंगा
मिसिएका हुन् र एउटा ठुलो मानव समुदाय बनेका हुन् । यहि हिमालय प्रदेशबाट
भारत, बर्मा, श्याम, भियतनाम, मलाया, तथा फिलिपिन्स टापुहरूमा छरिएर आ
आफ्नो ठाउमा इतिहास कायम गरेका हुन् । भारत उत्तर तर्फ हिमान्चल प्रदेश
देखि आसाम सम्म र दक्षिणपूर्व तर्फ मणिपुर देखि चिन्तोंग सम्म आफ्नो
प्रदेश कायम गरेका थिए । Sir John Hammerton ले आफ्नो “Early races of Man
Kind” भन्ने पुस्तकमा संभवत 4000 B.C मा भूमध्य सागर क्षेत्रको तल्लो
भागमा मंगोलियन या सुमेरियन सभ्य मानव जाति कहलिन्थे भन्नेबाट सो प्राचिन
युगमै पनि किराँतीहरू सभ्य कहलिएका रहेछन्  भन्ने पुष्टि हुन आउछ । सो समयमा
उनीहरु किराँतीहरुको आफ्नो किल्ला या शहर हुन्थ्यो । उनीहरू आफ्नो
सिमाना बचावका pillar गाड्ने गर्थे । उनीहरु आफूले हारेको किल्ला या शहरमा बस्न
मन्जुर गर्दैनथे । हारेमा सो ठाउ नै छाडी अन्यत्र जान्थ्यो । करिब ३०००
BC मा एउटा किराँती समुदायको ठूलो जत्थाले आफ्नो ठाउँ छाडेर पूर्वतर्फ
आई चीनमा साम्राज्य स्थापना गरेको उल्लेख पाइन्छ ।

काबुल या गोल्कुको

“किरात” Folk love मा काबुलको हाजार ट्राइब र नेपालको “किरात” ट्राइबका
शुरुमा पर्सियाबाट आउँदा ययूतई ग्रुपमा थिए भनिन्छ । त्यो समुहलाई भारतको
भूमिले लोभ्यायो । हाजार ट्राइबका दाजु लेलिहांग भारतको सो समतल भूमिमा गए ,
घुमे तर फर्के । फर्कदा काबुल जानुको सट्टा नेपाल तर्फ बढे । नेपालमा
गोर्खा भनेर चिनिए । हजाराहरु भन्छन कि पहिले उनीहरू एक परिवार थिए ।
उनीहरू न त मोहम्छां न त हिन्दु थिए । तर जब दाजुभाई छुट्टिए, तब उनीहरु
कमजोर भए । पठानले उनीहरुको देश माथि आक्रमण गर्यो, हरायो र उनीहरुलाई
मोहम्मद्निज्मा परिणत गरायो । “किरात” गोर्खा नेपालमा हिन्दु भए । अझै
पनि हाहाराले गोर्खा संग भेट भयो भने उसले उसलाई चाचा भन्छ । भन्नुको अर्थ
"काका " भन्छ । जब आर्यनहरु इन्डिया आए र उनीहरू हिमालय प्रदेश तर्फा
अगाडी बढ्न थाले । सो समय इन्दुश रिभर (Indus River) मा अधिपत्य कायम गरि
बसेको साम्बा आसुर संग लडाई हुँदा साम्बा आसुर्को हार भयो र हारेको ठाउँ
छोडी उनीहरु पूर्वतर्फ आएर एउटा बलियो Kinner Land Establish स्थान स्थापना गर्यो |
जसलाई भारतमा हिमान्चल प्रदेश भनिन्छ । यहि ठाउँमा मंगोलियन जातिका हुल आए
र “किरात” जातिको सो समुदाय संग मिसियो । यसरी एउटा ठुलो “किराँत” समुदाय
बन्यो । क्रमश उनीहरु पूर्वतर्फ छरिएर नेपालमा बसोबास गर्न पुगे ।
हिन्दु धर्मको प्राचिन ग्रन्थहरुमा पनि “किरात” शब्दको प्रशस्त प्रयोग भएको
पाइन्छ । यसबाट के स्पष्ट  हुन आउछ भने भारतीय उप्महादिपमा आर्यहरुको
प्रवेश हुनु पूर्व यहाँ किरातीहरुले आवाद गरेका थिए । नेपालको इतिहासमा पनि
काठमान्डौ उपत्यकालाई केन्द्र बनाएर किरातीहरुले ३२ पुस्ता सम्म शासन गरेको
इतिहास पाइन्छ । अहिले नेपालमा बसोबास गर्न आर्य मूलका बाहेक सम्पूर्ण
जनजातिहरु “किराँत” हुन् भनेर विशिष्ट विद्धानहरुले औंल्याई रहेका छन् . (कि ध
तथा सा के संघ, काथामान्दाउ २०४८ ) डा हर्क गुरुंगले नेपालको सन्दर्भमा
"जनजाति" र "जाति " शब्दको परिभाषा गरेको आधारमा पनि "जनजातिहरु " किराती "
हुन् भन्ने बोध हुन् आउछ । "जनजाति " भनेको आफ्नो बिशेष थालो, भाषा,
धार्मिक संस्कार तथा संस्कृति भएका हुन् । र " जाति भनेको ठूलो सानो
वर्णाश्रममा  विभाजित भारोपेली भाषा हिन्दु धर्म तथा संस्कृति भएका समूह हुन्
(डा हर्क गुरुङ २००० )


नेपालको सन्दर्भमा “किराती”
माथि उल्लेख गरिए बमोजिम नेपालको सन्दर्भमा आर्यमुलका बाहेक सम्पूर्ण
जनजातिहरु किराती हुन् भन्ने स्पस्ट हुन् आउँछ । तर यद्धपि नेपालको
पुर्बी भूभाग माझ किरांत र पल्लो “किरात” तथा अधिक रुपमा त्यस क्षेत्रमा
बसोबास गर्ने लिम्बु , राई, याक्खा र सुनुवार समुदायले किराँतको रुपमा
स्वीकार गर्दछन । तराइको धिमाल समुदायले पनि आफुलाई “किरात” समुदायको रुपमा
स्थापित गर्न खोजिरहेको छ । छिटपुट रुपमा याम्फु, लोहोरोहांग, मेवाहांग,
आठपरिया समुदायले पनि क्रमश: आ आफ्नो महत्व र पुर्खाहरुको सम्झना गर्दै
आफु किराती भएको उल्लेख गर्न थालेको पाइन्छ । डा: डिल्लीराम दाहालले
किरातीहरु आफु किराती भएर पनि आफुलाई कमैले किराती भन्न पुग्छन भनि लेखेका
छन् । उनका अनुसार थामी र हायु समुदायमा समेत किराती भन्नेहरू छन् तर
थामीमा (१४.६ प्रतिशत ) र हायुमा (२९.१० प्रतिशत )ले मात्र आफुलाई किराती
उल्लेखन गरेको पाइन्छ भनेका छन् ।(Source CBS Nepal, 2001, census- social
composition of the population: caste/Ethnicity and religion of Nepal)
जे होस् किरातीहरुको पूर्वज र १२ पुस्तासँग नेपालमा पनि किरातीहरुले
शासन सत्ता संचालन गरेको इतिहासबाट पनि नेपालमा किराती समूह ठुलो र व्यपाक छ
र धेरैलाई समेट्छ भन्ने कुरो स्पस्ट छ ।

##"किरात” धर्म के हो ?
किरात् धर्म आफैमा एउटा सिंगो मानब सभ्यताको इतिहासको एउटा जीवित दर्शन
हो । यो धर्म कुनै जात, जाति, समुदाय बिशेषमा मात्र आधारित छैन । यो आफैमा
व्यापक छ र यो आफैमा एउटा जीवन पद्धति हो । “किरात” धर्म अवलम्बन गर्न
किराती समुदायको हुनुपर्छ कुनै जरुरि छैन । धर्म भनेको धारणा हो । बेबिलोन
मोपोतोमिया सभ्यताकालिन अवस्थामा किरातीहरुले अवलम्बन गरि आएको धर्मको कुनै
नाम थिएन उनीहरू शुरुमा ..........त आत्मान्तर अस्तित्वबाट या आत्मबाट
(Separate spiritual existance theory) मा बिस्वास राख्थे र कालान्तरमा
उनीहरुको सभ्यता , भोगाई सोचाई वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण
गर्दै आउने क्रममा “किरात” धर्म को बिकास हुन् गएको हो । र त्यस अर्थमा
किरातीहरु “किरात” धर्मावलम्बी हुन् पुगेका छन् । यो दर्शन, सभ्यता वा
सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचिन जाति हुन् भन्ने
कुरो इतिहासकारहरुले स्वीकार गरेका छन् ( “किरात” मुन्धुम र “किरात” भूमिको
सम्बन्ध , बबश हेल्लोक ) यसबाट “किरात” धर्म प्राचिन धर्म हो र किरातीहरु
पनि प्राचिन जाति हुन भन्ने कुरा स्पस्ट हुन् आउछ ।

“किरात” धर्मग्रन्थ -'मुन्धुम "
“किरात” धर्म इसाई , इस्लाम वा बौद्ध धर्म जस्तो कुनै एक व्यक्तिबाट घोषित
धर्म नभएर पुर्खाहरुको हजारौं बर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा
हेरेको निचोड हो । यस “किरात” धर्मकोपवित्र ग्रन्थ मुन्धुम हो । मुन्धुम
त्यहि हजारौ बर्षको पुर्खाहरुको भोगाई वा जीवन र जगत प्रतिको बुझाइले
सिर्जना गरेको नियमहरुको संग्रह हो । यसरी हेर्दा “किरात” मुन्धुम एउटा
सिंगो “किरात” सभ्यताको इतिहास हो ।

“किरात” मुन्धुममा सिंगो सृष्टिको बर्णन पाइन्छ । मुन्धुमा पृथ्वीको उत्पति र त्यसपछि क्रमश :
बनस्पति, जिव जन्तु तथा मानिसको सृष्टिको कथाहरू वर्णित छन् ।। मुन्धुमका
यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन् । त्यस्ता कथा, किम्वदन्तीहरू
काल्पनिक संसारमा आधारित नभई यहि धर्तीका खोला-नाला डाडा-पाखा, गुफा-पोखरी तथा
किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन् । “किरात” भाषाकै
मुन र युय को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया .(Dynamic
Process) भन्ने हुन्छ । यसको अर्थ मुन्धुम कुनै ऐतिहासिक कहानी मात्र नभएर
जीवन दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थिति
अनुसार चल्न प्रेरित गर्दछ नकी परम्परागत रुपमै रहिरहन बाध्य तुल्ल्याउछ ।
प्राचिन समय देखिने “किरात” समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ।
चिन्तन, मनन र कुनै पनि कर्मको अनुभव द्वारा प्राप्त गरेको परोपकारी
ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई ठुक्साप
मुन्धुम भनिन्छ । प्रकृतिको सृजनात्मक संसारलाई परोपकार पेशामा मुन्धुम
भनिन्छ । (चोंग्बंग 2052) । मुन्धुम आफैमा एउटा साहित्य कोश पनि हो ,
“किरात” मुन्धुम सिंगो “किराँत” सभ्यताको इतिहास हो । “किरात” मुन्धुमको
सृष्टि वर्णन बिज्ञान सम्मत छ ।

किरात महिमा यु यस नै किन ?
“किरात” धर्म अनुशरण गर्न किराती समुदायकै हुनुपर्छ भन्ने कुनै जरुरि छैन
। सम्पूर्ण किराँती समुदायले अनिवार्य रुपमा “किराँत” धर्म अवलम्बन
गर्नैपर्छ भन्ने कुनै कुनै अनिवार्यता छैन। आफुलाई किराती समुदायको हो
भन्नेहरुले “किरात” धर्म मान्छन , मानि आएका छन् भन्ने मात्र हो । किराँती
समुदायले “किरात” धर्म अवलम्बन गर्नुपर्ने उनीहरुको हजारौ बर्षको भोगाई
हेरेको निचोड उक्त निस्कर्षमा पुगेका छन् । धर्म, संस्कार वास्तबमा ठूलो सम्पत्ति
हो । किराँतहरुको सभ्यताको विकास क्रममै “किरात” धर्मको आश्रित थियो ।
माथि उल्लेख गरिए बमोजिम जब किरातीहरु पूर्व तर्फ छारिदै जाने क्रममा
नेपालमा बसोबास गर्न पुगे , नेपालमा “किरात” धर्मलाई कुनै प्रवेश दिईएन ।
धेरै पटक र धेरै लामो समयको “किरात” समुदायको प्रबल दवाब र अनुरोधमा बल्ल
बल्ल २००१ सालमा आएर मात्र Population Census मा “किरात” धर्मका लागि एउटा
सानो कोलम (Colum).राखियो । २००१ को जनगणनामा “किरात” धर्मावलम्बी ८१८१०६
मात्र देखियो । यो तथ्यांक गलत थियो, ताप्ने “किरात” धर्म नेपालमा चौथो
हुन पुग्यो । हाल नेपालमा धर्म निरपेक्ष भनिए पनि धर्मको नाममा पूर पूरा
भेदभाव बिध्यमान छ । राजनीतिक रुपमा हिन्दु धर्मावलम्बी बाहेक अरु
धर्मवलम्बिले धर्म निर्पेक्षेताको अनुभव गर्न सकेका छैनन् । धेरै जसो
सरकारी संचार माध्यम र प्राइभेट मास मिडिया समेत हिन्दु र हिन्दु धर्म या
बुद्धिस्ट धर्म छ जस्तो नै गर्द्नैन् । सरकारी टी भी रेडियोमा किराती
धर्मको अस्तित्व दिएको देखिइदैन | प्राइभेट मिडियाले पनि वास्ता गर्दैन । हामीले
मिडिया प्रयोग गर्नु परे ठुलो खर्च हुने र हिन्दु या हिन्दु धर्मको
मिडियाहरुले राज्यले नै सबै प्रबन्ध गर्ने जस्ता राज्यको रनैया र
भेदभावपूर्ण ब्यबहार ब्याप्त छ । राज्यले समानताको अनुभूति गराउन सकेको छैन।

“किरात” धर्मको पवित्र ग्रन्थ मुन्धुम चन्द्रसम्शेर राणाको पालामा
लिम्बुवान संखुवासभामा आगो लगाइयो र त्यही (महन्त) श्रीजंगालाई
मुलुकबाट धपाइयो र सिक्किम सम्म धाएर पनि उनले “किरात” धर्म, सस्कृति ,
लिम्बु भाषा र श्री जंगा लिपि सिकाइरहेको अभियोगमा मारिएको थियो । त्यसरी
नै मुगिम अन्सी गुरु फाल्गुनन्दलाइ पनि तत्कालिन आधिनायकवादी सरकारले
विभिन्न पटक बिभिन्न ठाउँबाट प्रताडना गरियो । मुलुकबाट धपाइयो। विभिन्न
ठाउँबाट धर्मको प्रचार गर्न गराउन बाधा बिधि, व्यबधान खडा गरियो । हाल हामी
“किरात” धर्म र संस्कृतिका किताबहरुमा पाउन सक्दैनौ । तागेरा
निन्वाफुन्मंग, सम्बन्धमा कुनै पाठ छैन, युमा, थेबा, साम्मांग, सुम्निमा र
पारुहांग र श्रीमंगा आदिका बारेमा पढ्न पाउँदैनौ | केवल राम, सिता, कृष्ण,
बिष्णु भगवान, पार्वती, गणेश, र येशु क्रिस्टका बारेमा मात्र पढाइन्छ । यसैले
“किरात” समुदायले आफ्नो धर्म, संस्कृति एवं दर्शनको मूल्य मान्यताहरुलाई
कसरी अगाडी बढाउने भन्ने चुनौती छ । लामो समय सम्मको शासन सत्ताको भेदभावपूर्ण
दम्भपूर्ण ब्यबहारको कारण “किरात” धर्म घायल अवस्थामा छ । हाम्रा महान
धर्मगुरुहरुले देखाएको बाटो र उनीहरुले खडा गरेको संस्थाहरुलाई बचाउन र
बढाउदै लैजानु पर्ने आजको चुनौती छ । करिब करिब मृत अवस्थामा पुग्न लागेको छ।
त्यसैले हामीले भाषा,धर्म, लिपी अन्य कुराको संरक्षण गर्न एकदमै अत्यावश़्यक परेको छ ।

लिम्बु समुदाय कसरी किराँत भए kirat


किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । योभन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तैः यलम्बर, गस्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । तात्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन । राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियो । यसको अर्थ राजा भन्ने हुन्थ्यो । राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् । यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ । इतिहासकार इमानसिं चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन् । उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूको पुर्खा हुन् । दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन् । उनी खेवाहाङहरूको पुर्खा मानिन्छन् । खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ ।

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन् । उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए । विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो । यो राय उपाधि किरातहरूलाई दिइएको थियो । यो उपाधि किरात लिम्बूहरूले ६ पुस्तासम्म लगातार प्रयोग गरे । काठमाडौं उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस् उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन् । किरातहरू जातिवादी थिएनन् । उनीहरूमा जातीय अहंकार पनि थिएन । हिन्दू अतिवादी राजा पृथ्वीनारयण शाहको हमलाबाट वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए । पल्लो किरात लिम्बूवानसँग कयौंपटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे । त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले । यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो । यही क्रममा केहीले आफू राय लिम्बू भएको बताए । त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा राई भनी प्रयोग गरिएको छ । कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए । कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए । यहीँबाट खस पर्वतेहरूले उनीहरूलाइ लिम्बू र खम्बू भन्न थाले । यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आपूmलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन् । त्यसैगरी जे. आर. सुब्बाले धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन् ।

नेपाल खाल्डोबाट किरातहरू विस्थापित भइ याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन् । यिनीहरू वास्तवमा एकै सन्तान थिए । राजधानी सार्ने कुरामा मत विभाजन भइ दुई जातिमा विभक्त भएका हुन् ।  तात्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए । दूधकोसीको सिमाना पृथ्वीनारायण शाहले अरुण पश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुण पारिका धेरै ठाउँहरूमा लिम्बू सेनाहरूले लडेको प्रमाणहरू फेला परेका छन् । लिम्बूवानको गठन हुँदा छथरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा.हर्क गुरुङ ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन् । खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा लेखेका छन् ।

लिम्बू जातीय समुदायमा तीन समुदायको सम्मिश्रण छ । ती तीन समूहमा तिब्बती, चिनीया र किरात पर्दछन् । ती तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छ । अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ । जस्तै–उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ । यता तात्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए । यसर्थ कुनै पनि जाति शुद्ध  रहेको छैन ।

त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन् । राई जातिमा चीनको खाम प्रान्तबाट आएका समुदाय अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ । खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ । राई जातिमा तिब्बती र चिनियाहरूको पनि सम्मिश्रण रहेको पाइन्छ । यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामाकरण गरिएको हो । त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन् । याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ । लिम्बू जाति किरात होइन  भन्ने भनाइ सत्य छैन  । आठ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरुलाई दिगभ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा आठ किरात–चिनीया सरदारका सन्तानबीचको विद्रोहपछिका आठ किरातहरु पनि केही लिम्बू भएका छन् । अर्को लिम्बू र लिम्बूवान शब्द किरात  राजा याक्थुङहाङ लिलिमहाङ कै नामसँग सम्बन्धित छ । लिम्बू र लिम्बूवान शब्द  अरुबाट आयतित होइन ।

करिब दुईसय वर्ष अगाडि इतिहासकार कर्नेल कर्क पेट्रीकले ‘द अकाउण्ट अफ द किङ्डम अफ नेपाल’ नामको आफनो पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् । नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको कोशी, मेची अञ्चलको पहाडी क्षेत्र । यस्तो परिभाषा गरेको छ ।

तर अर्का इतिहासकार एच. हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए । त्यो पुस्तकमा लिम्बूहरूले आफूहरुलाई ‘याक्थुङबा’ भन्ने तर खस पर्वतेहरुले ‘लिम्बू’ भन्ने गरेको उल्लेख गरेका छन् । केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन् । ई.पु. ६०० तिर आसामतिरबाट आएका सानमकवानवंशी तीन पुरोहित सहित सात धनुर्धारीहरु प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दावी गरेका छन् । चिनिया भाषासंग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ । धनुकाँडको मद्धतले फेदाप राज्यमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुनगयो ।

अर्काथरी इतिहासकारका अनुसार ई.सं ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे । उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे । योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले । लिच्छवीको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले प्रस्ताव अस्वीकार गरे । त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कूल ५२ हजार कविलाइ सेना लिइ सुनकोसीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लृुङमा पुगे  । यो स्थान सामरिक महत्वको भएकोले यहीँ राजधानी बनाए । लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो । लिलिमहाङ्ले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरु लिम्बू हुन पुगे । स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनिया सरदारको विद्रोह मार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन् ।

सातौं शताब्दीमा राजा मावोरोङले दूधकोसी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष अझै छ ) १८ औं शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको बिहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो ।

सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजितेपछि उनले लिम्बुवानका केही थुमे राजालाई षडयन्त्रमूलक ढंगले आफनो पक्षमा पारे । पृथ्वीनारायण शाहको षडयन्त्र विरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे । त्यसको केही समयपछि उनको षडयन्त्रमूलक ढंगले गोरखाली सेनाले हत्या ग¥यो । राजा पृथ्वीनारायण शाहले वि.सं १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे । यो घोषणा पछि ३२ हजार लिम्बूहरु लिम्बुवानको स्थापनाको लागि विदेशिए । इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो । लिम्बुवान तीन फ्याक भइ नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो

नोगेन । चुरेरो ।। सेवारो

विज्ञः भवानी बराल
source www.mewanambin.com

Tuesday, 14 November 2017

​प्रतिभासाली गायक राजेन्द्र केरुङ को ‘फुङ ईनु सेवा ‘ सार्बजनिक {हेर्नुहोस भिडियो सहित}

निसुम ‘ शुक्र चङ्बाङ

फालेलुङ ३ ताङ्लेपा पाँचथरमा जन्मिएर आफ्नै लिम्बू  भासा , संस्कार, संस्कृति र पहिचानलाई जिउदो राख्दै सुमधुर स्वरका धनी गायक तथा संगीतकार राजेन्द्र केरुङ लिम्बुको स्वरमा सजिएको लिम्बू सांस्कृतिक मुलक भिडियो संग्रह ‘ मिङ्सो ‘ भित्र रहेको ‘ फुङ ईनु सेवा चोगीरो ‘  सार्बजनिक गरिएको छ ।
        सांगीतिक क्षेत्रमा निक्कै सम्भावना बोकेका प्रतिभाशाली गायक तथा संगीतकार राजेन्द्र केरुङ ले नेपालका १६ औं राष्ट्रिय बिभुती महान समाज सुधारक महागुरु फाल्गुनन्द को जीवन दर्शन , उहाले किराँत समुदाय प्रती देखाउनु भएको ज्ञान , शिक्षा मै आधारित रहेर ‘फुङ ईनु सेवा’ गित प्रस्तुत गर्नु भएको छ ।  

         यस म्युजिक भिडियोमा  राजकुमार आङ्देम्बे , मौसम कन्दङ्वा लगायतको अभिनय रहेको छ भने शब्द तथा म्युजिक यादम नुनाम सेर्मा , सुमन योन्जनको क्यामेरा र लोकेन साँबा लिम्बुले निर्देशन गर्नु भएको छ ।

source by www.Darpannepal.com

Monday, 13 November 2017

एक महापुरुष - आव जसको व्यापक चर्चा विस्वव्यापीक हुनेछ

नेपालमा एकजना यस्ता महापुरुष छन् जसको कामको चर्चा हरेक महिलावादी अभियन्ताको मुखबाट सुनिनुपर्ने हो । समाजसेवा तथा समाजसुधारमा लागेका हरेक अभियन्ताले उनको स्तूति गाएको सुनिनुपर्ने हो । त्यतिमात्र होइन, यी महापुरुषको जीवन र शिक्षाको प्रचार सरकारी स्तरमै व्यापक रुपमा हुनुपर्ने हो ।

🌹🌹🌹मनिता घिमिरे 

२०७४ कार्तिक २५ गते १७:३३


उनको नाम हो महागुरु फाल्गुनन्द । उनको चर्चा अभियन्ताहरुको मुखबाट सुनिएन भनेर चिन्ता नगरौं, यो सामग्री पढेपछि सबै अभियन्ताहरुको मुखबाट सुनिएला भन्ने आशा गरौं ।

यी महापुरुषको शिक्षा र जीवनको अनुशरण विश्वका हरेक मानिसले गरे हुन्छ ।

महागुरु फाल्गुनन्दका बारेमा एउटा वाक्य नै काफी छ, उनी नेपालका राष्ट्रिय विभूति हुन् ।

फलामसिंहदेखि फाल्गुनन्दसम्म

फाल्गुनन्द महान मानवतावादी थिए । उनी इलामको चुक्चिनाम्वाको लिङनेद परिवारमा विस १९४२ कात्तिक २५ गते जन्मिएका थिए । उनको नाम राखियो नरध्वज । उनको जीवनी लेखेका नरेन्द्रराज प्रसाईं भन्छन्, ‘सानो हुँदा एकपटक नरध्वज निक्कै विरामी परे । विरामी भएकै बखत उनी आफ्नै घरबाट मध्य रातमा हराए । त्यसबेला उनी जंगल पसेर अदृष्य भएछन् । धेरैपछि उनी इलामको देवमाई र माईखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्म उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । उनी सिद्ध र परम ज्ञानी भएको प्रमाण पनि फेला पर्यो ।’

त्यसपछि के भयो ? नरेन्द्रराज भन्छन्, ‘सिद्धज्ञानीको रुपमा उनलाई रक्षावन्धन स्वरुप उनलाई फलामको चुरो लगाइयो । त्यसपछि उनलाई फलामे साईंला भन्न थालियो । विस्तारै उनी फलामसिंह लिम्बू भन्न थालियो ।’

प्रसाईंले यसो भने पनि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले एउटा लेखमा नरध्वज सानोमा विरामी भए, निको हुन्छ भनेर फलामको चुरा लगाइदिएकाले नाम फलामसिंह रहन गयो भनी लेखेका छन् ।

नेपालका यी महान विभुतिले फलामको चुरा किन लगाए ? यसबारे खोज अनुसन्धान हुन जरुरी छ, किनभने यस्ता महापुरुषको जीवनीको सबै पक्ष सहि रुपमा आउन आवश्यक छ ।

जे भए पनि नरध्वजबाट फलामसिंह बनेपछि उनले ज्ञानगुनका कुरा प्रचार गर्न थालिसकेका थिए । कुरीति र अन्धविश्वाश हटाउनुपर्छ भन्थे । जनतालाई भेला गरेर समाज सुधारका लागि आव्हान गर्थे । वाल्यकालमै उनी शाकाहारी भइसकेका थिए । काटमार र वलिप्रथाको विरोध गर्थे । तिनै फलाम सिंह कालान्तरमा महागुरु फाल्गुनन्द बनेर मानवताका महान सेवाक बने ।

उनी कसरी महागुरु बने भन्ने बारे तल चर्चा गरिनेछ, त्यसअघि उनको युवाकालको बारेमा चर्चा गरौं ।

भारतीय सेनामा जागिरे

त्यसबेला लाहुरे बनेर व्रिटिस भारतको सेनामा जागिर खान जाने चलन थियो । फलामसिंह पनि जागिरे बन्न गए । सैनिक बनेपछि पनि उनले ज्ञानगुनका कुरा गर्न छाडेनन्, हिंसा गर्न हुँदैन भन्ने ज्ञान बाँडिरहे । त्यसैले सेनामा उनलाई योगी भन्थे । अहिंसा र शान्तिका पूजारी फलामसिंहलाई सेनाको जागिर सुहाउने थिएन, उनले जागिरे जीवन छाडे । त्यसपछि भूटान र भारतका विभिन्न भाग घुमे । तिर्थस्थलहरु घुमे । ज्ञानगुनका कुरा फैलाउँदै हिँडे ।

विभिन्न ठाउँ भ्रमण गरेर फलामसिंह स्वदेश फर्किए । फर्किए पछि उनले समाज सुधारका लागि प्रयास थाले ।

उनको आदर्श थियो, सत्य वचन, सत्य आहार, सत्य विचार । समाजमा सत्यको भन्दा असत्यको बोलवाला भएको, हिंसाहत्या भएको, कुरीति र कुसंस्कार भएको देखेर उनले हटाउन विशेष पहल गर्ने अठोट गरे ।

अब बने महागुरु फाल्गुनन्द

उनमा दैवी ज्ञान थियो । तर, त्यो समयको समाज अन्धविश्वाश र कुसंस्कारमा डुबेको थियो । त्यसबेला इलाम र पाँचथर लगायतका ठाउँमा अधिकांश बसोबास लिम्बू समुदायको थियो । उनले लिम्बू समुदायलाई लक्षित गरेर ज्ञान प्रचार गर्न थाले ।

उनले विस १९८८ बैशाख २४ गते पाँचथरको सिलौटीमा तत्कालिन दस लिम्बूवानका प्रतिनिधिहरुलाई चुम्लुङ (भेला) बोलाए । समाजका विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी लगायतको उपस्थिति थियो चुम्लुङमा । सो चुम्लुङले दस बुँदे सत्य, धर्म मुचुल्का जारी गर्यो । सत्य धर्म मुचुल्का लिम्बू समुदायका सबैले मान्नुपर्ने व्यवस्था गरियो ।

सत्य धर्म मुचुल्का लिम्बू समुदायका लागि महान घोषणा थियो । सो घोषणामा बलि नदिने र हिंसा नगर्ने उल्लेख छ । किराँत इष्टदेवहरुको निरन्तर पूजा आराधना गर्ने उल्लेख छ । मांसाहार र मदिरापानलाई निषेध गरिएको छ । पठनपाठन लिम्बू भाषा तथा लिपीमा गर्ने उल्लेख छ । उनलाई भाषा तथा लिपीको संरक्षण र प्रचारका महान अभियन्ता पनि मान्न सकिन्छ ।

सत्य धर्म मुचुल्का महान क्रान्तिकारी घोषणा थियो । सो मुचुल्काले लिम्बू समुदायका यावत कुरीतिलाई हटाउने उद्घोष गरेको थियो । समुदायलाई माथि उठाउन सचेत प्रयास गरेको थियो । सबैले आफ्नै देशको उत्पादनको कपडा लगाउने, घरेलु उद्योगलाई प्राथमिकदा दिँदै प्रवद्र्धन गर्ने कुरा मुचुल्कामा छ ।

यो चुम्लुङबाट गरिएको सत्य धर्म मुचुल्काले ठूलो हलचल ल्यायो । राणाकालीन त्यो समयमा यसरी समाज सुधारको कुरा गर्नु र काम नै अगाडि बढाउनु चानचुने थिएन । यो घोषणापछि फलामसिंहलाई महागुरु फाल्गुनन्द भन्न थालियो ।

फाल्गुनन्दका अनेक अनुयायीहरु भए । अनुयायीहरुको साथमा उनी विभिन्न ठाउँ जान्थे र ज्ञान बाँड्थे । फाल्गुनन्दको प्रभाव बढेको देखेर राणाहरुले खतरा देखे । उनलाई पक्राउ गरेर काठमाडौं ल्याइयो तर फाल्गुनन्दको सत्यका अगाडि कसैको केही लागेन । फाल्गुनन्द राजनीति गरेर सत्ता प्राप्ति गर्ने बाटोमा लागेका थिएनन्, उनी त इश्वरीय सत्ताका अभियन्ता थिए, मन वचन र कर्मले नै मानवताको सेवामा लागेका थिए । त्यसैले राणा शासकहरुको केही जोर चलेन, उनलाई ससम्मान छाड्नुपर्यो ।

महागुरु र महिला

मुचुल्कामा उठाइएका सबै विषय उत्ति नै महत्वपूर्ण छ तथापि यहाँ महिलाको प्रसंगका केही विषयमा चर्चा गरिन्छ ।

सत्यधर्म मुचुल्कामा छोरीलाई छोरा सरह अंश दिनुपर्ने, दाइजो र जारी लिन दिन नहुने उल्लेख छ । छोरीलाई पनि छोरालाई जसरी नै पढाउनुपर्ने उल्लेख छ । आजको समयमा उभिएर हेर्दा यी कुरा अति सामान्य लाग्छ । तर, उनले यो कुरा नौ दशक अघि भने
थिए । भनेको मात्र नभएर चुम्लुङ राखेर यो विषयलाई कार्यान्वयनमा उतार्न ठोस पहल गरेको देखिन्छ । महागुरु फाल्गुनन्दका विचार कोरा आदर्श र उपदेश मात्र थिएनन्, उनले व्यवहारमा उतार्न प्रयास समेत गरे ।

छोरीलाई अंश दिने सम्बन्धी अभियानको क्रममा विभिन्न विदेशी विद्धान तथा अभियन्ताहरुको उदाहरण दिने गरिएको छ । तर, उनीहरुलेभन्दा पहिले नै फाल्गुनन्दले नेपाली समाजमा छोरीलाई अंश दिने र समानताको विचार ल्याएर कार्यान्वयनमा उतार्न प्रयास थालिसकेका थिए । त्यसैले नेपालमा महिला समानताको आन्दोलन या अभियानमा सबैले सबैभन्दा पहिले लिनुपर्ने र अनुशरण गर्नुपर्ने नाम हो, महागुरु फाल्गुनन्द ।

लिम्बू समुदाय र फाल्गुनन्द

फाल्गुनन्दलाई किराँत धर्मका महान गुरु मानिन्छ । जतिबेला फाल्गुनन्दले ज्ञान बाँड्दै थिए त्यसबेला उनको समाजमा लिम्बू जाति मात्र थिए । त्यसैले उनले लिम्बू समुदायलाई माथि उठाउने, अज्ञानबाट ज्ञानको उज्यालोमा लैजाने, त्यो समुदायमा रहेको कुरीति हटाउने काम गरे ।

तर, ज्ञान कुनै जातीय सीमाभित्र बाँधिएर बस्ने विषय होइन । महागुरु फाल्गुनन्दले बाँडेको ज्ञान समस्त नेपालीका लागि हो, समस्त मानवका लागि हो । यस्ता महापुरुषलाई एउटा जातीय समुदायभित्र सीमित गरेर राख्नु या त्यसरी सोंच्नु सर्वथा अनुचित हो । हुनत महापुरुषहरु प्रारम्भमा उनी जन्मिएको जातीय समुदायमा सीमित हुन्छन्, समयक्रममा त्यस्ता महापुरुषको ज्ञानको प्रचार सर्वत्र हुन्छ । अहिले आएर फाल्गुनन्दले बाँडेको सत्य, अहिंसा र समानताको ज्ञान लिम्बू समुदायको नयाँ पुस्ताले पनि अनुशरण गर्न थालेको देखिएको छ । यो सकारात्मक कुरा हो । अब बेला आएको छ महागुरु फाल्गुनन्दको सत्य, अहिंसा र समानताको विचार तपाईं हामी सबैले सबैतिर फैलाउने ।


source by www.hamrokatha.com



Sunday, 12 November 2017

हङकङमा यसरी १३३औ फाल्गुनन्द जन्म जयन्ती मनाईयो भिडियो सहित


चर्चित गायक जेपि नेम्बाङको -किराती आनि लछारो



लिम्बु तथा  नेपाली गित सगितका चर्चित गायक जेपि नेम्वाङको  किराँती आनि लछारो गित ले हजारौं किराँत लिम्बु समुदायको मन जित्न सफल भएको छ्न ।
उक्त गितले आजको आवश्यकता किराँत  एकता हो भन्ने मुल शदेश दिनु खोजिएको छ।

बैरागी काईलाले यसो भने महागुरु फाल्गुनन्द बारे