Friday, 10 November 2023

महागुरुले (दिब्य ज्ञान धार्मिक ज्ञान) प्राप्तः

फलामसिं विरामीले विहोस भएर सुतेको ४ दिन भईसकेको थियो। साँझ पर्न लागको समयमा आफुजस्तै एक दिव्यपुरुष जंगलतिरबाट आएको देखे। फलामसिंलाई अत्यन्तै आकर्षक ढङ्गले आऊ भनि बोलाए। गाउँलेहरूले रुँगीरहेको भएपनि ती पुरुषलाई फलामसिंले बाहेक अरु कसैले पनि देखेनन्। दिब्यपुरुषको आकर्षक बोलाइले गर्दा विहोसी बालक एक्कासी जुरुक्क उठेर ति दिव्यपुरुष भएतिर दौडेर गए। दिब्यपुरुषको पछि पछि जाँदा जंगल हुदैं बिरामी हुनुअघिको खोलाको किनारमा पुग्नुभएछ। त्यसपछि महागुरुलाई दिव्यपुरुषले माइखोलामा नुहाउन लगाए। केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे। त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले। दिव्य पुरुषः ‘‘मलाई चिनिस् कि चिनिनस?’ बालकः ‘‘चिनिन।’’ दिव्य पुरुषः‘‘अघिल्लो जन्मको कुरा बिर्सिस?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः‘‘अघिल्लो जन्मको धर्म कर्महरु बिर्सिस?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः ‘‘अघिल्लो जन्ममा लिएकोको भाषा, शिक्षा, लिपी, धर्म सस्कार, सस्कृतीहरु बिर्सिस ?’’ बालकः बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुषः ‘‘राम्रो सम्झी, सबै थाहा पाउँछस्।’’ बालकः ‘‘अहँ थाहा पाइन।’’ दिव्य पुरुषः ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस? (माइखोलातिर औंल्याउँदै) ऊ युमामाङसँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही अल्पिए। फलामसिंले खोलातिर फर्केर माफी माग्दा आफ्नो शरीर नै हल्का हुदै आयो। रुखसँगै बेरिएको लहरा आफै हरायो । शरीरको कम्प, पीडा सबै हराइसकेको थियो । अत्यन्तै आनन्द भयो। मन हलुङ्गो र शान्त भयो। फुर्ती बढेर आयो। केही गरौं–गरौं जस्तो भयो। रुखसंग छुट्टीएर खोलातिर फर्किदा कानमा फेरी दिव्य बाजागाजाहरु (माङबाजा)को ध्वनीले संसार गुञ्जिएको जस्तो हुन थाल्यो। त्यतिकैमा खोलाको बीचबाट सुकिलो आभूषणमा मौलिक गरगहनाले सुसज्जित दिव्यसुन्दरी (युमा साम्माङ वा युमामाङ अर्थात पारुहाङ/सुम्निामा, महादेवी जस्तै थिइन) निस्केर हल्का मुस्कानका साथ आई बालकको शरीरमा सुमसुम्याउँदै बडो सुमधुर स्वरमा धेरैबेर पहिलाको कुराहरु संझाए। हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नु पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने, शिक्षा, भाषा लिपि, संस्कार तथा मुन्धुमको पुर्नउत्थान गर्नुपर्ने जस्ता कुराको दीब्य ज्योती छोडेर ‘‘तपस्वी गुरु/महागुरु हुन्छौ, अगाडिको सर्तहरु सबै पूरा गर्नु । मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुनः खोलातर्फ गइन्। त्यतिकैमा आनन्ददायी दिव्य माङबाजाहरु फेरि बज्न थाले। दिव्यस्त्री(युमा माङ)लाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो। दिव्यस्त्री त्यही लोप भइन्। बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा पूनः अद्भूत दृश्य देखा पर्य‍ो। मध्यरात भएपनि दिनको झैं उज्यालो देखियो। आकाशतिरबाट मुन्धुमका ठूल–ठूला मणीरत्न जडित सुनौला अक्षरहरु क्रमैसँग आफुतिर खस्न थाले। आँखै तिर्मिराउने मुन्धुमका मन्त्रहरूले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो। त्यसले बालकमा धार्मिक ज्ञानको बोध हुँदै गयो। सबै दृश्य सकिएपछि छर्लङ हुनुभयो। सपनाबाट ब्युँझे झैं हुनुभयो। आकाशमा जून ताराहरु मात्र देखिए। रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना झैं लाग्यो। त्यो रात मंसिर पूर्णिमाको रात थियो। केहिवेर पछि विस्तारै उज्यालो हुदैं गयो। आफ्नै गोठको वारिपट्टिको जंगलमा छु भन्ने थाहा पाउनुभयो। ज्वरो, विमार र शरीरको फोकाहरु सबै निको भएको पाउँदा महागुरु असाध्ये खुशी हुनुभयो। केही क्षणमा घरबाट खोज्न आउने मानिसहरूसँग भेट भयो। खोज्न आउनेहरूले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर सबैजनाले वरिपरि घेरा हालेर समाते। बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरू छक्क परे। कसरी बिराम निको भयो ? रातभरी कहाँ बस्यो? के गर्यो ? किन भागेर जंगल पसेको? किन यो खोलामा आएको भनेर गाउलेहरूले सोध्न थाले। बालकले सबै बृत्तान्त बताइदिनुभयो। बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो। खोज्न जानेहरूले अघि फलामसिंले भन्नुभएको सबै कुराहरु दोहो¥याएर आमा–बुवालाई सुनाए। घर आएर पनि वर्षौं घरी–घरी रातको समयमा उनै दिब्य पुरुष लिन आइरहन्थे। खोलामा घाँटी–घाँटी आउने वरफ झैं चिसो हिउँदे पानीमा डुबाएर उनै दिब्यनारी (युमामाङ, पारुहाङ/सुम्निामा) आएर अगाडिका दिब्यउपदेश, मुन्धुमका अक्षहरु देखाइ रहन्थ्यो। आकाशतिरबाट झरेको सुनौलो मुन्धुमको अक्षरहरु पढिसक्दा नसक्दा बालकलाई एक्लै छोडेर सबै अन्र्तध्यान हुन्थे। धेरै पटक मध्यरात कटे पछि अन्र्तध्यान भै जान्थे र अध्यारोमा चार पाउ गर्दै घर आइपुग्नु हुन्थो। कहिलेकाही भगवाने दिएको पुर्व जन्मको सास्ती हो जस्तै लाग्थ्यो। फेरी ति दिब्य पुरुष लिन आउदा सबै विर्षेर रमाउदै जानुहुन्थो। ज्ञान लिनुहुन्थ्यो। त्यसरी, ८ वर्षको उमेरमै महागुरुले आर्जन गरेको ज्ञान नै किरात धर्मको मुल मुन्धुम बनेको छ।

Friday, 3 November 2023

किरात समुदाय

 


 ओति =किराति सँज्ञाले सम्बोधित किरात बर्ण र समुदाय भनि चिनिएका युयुगेन सावगेम्बाका अनु बँश समेटि मेन्छ्याम्गेन नाम्याम्मि साँ मना बँश नै कालन्तरमा किरात भनि चिनिएको,उक्त जाति, समाज, बँश र बर्ण सभ्यताका प्राचिन मुना तेम्बे बाट फैलिएको मानब जातिहरु युग युगान्तरमा किरात कहलिन पुगि किरात भनि चिनिन थाले।

ईतिहासमा उल्लेख छ अादिबासि जनजाति किरातिहरु नेपालको प्राचिन जाति हुन्। र यि जातिहरु हिमालयको भागमा बसोबास गरेको पाईन्छ। यि जातिहरु प्राचिन कालमा नै मँगोलबाट अाई नेपालमा बसोबास गरेकाले यि जातिहरुनै यहाका अादिबासि भनि निशदेह भन्न सकिन्छ। किरात जातिले नेपालमा ३२ पुस्ता शासन गरेको पनि नेपालको ईतिहासमा उल्लेख छ।

#धर्म::- यि जातिहरुको धर्म किरात धर्म हो। किरात सभ्यताका साथ साथै किरात युगपुरुष येहाङ द्वरा स्थापित पेसाप मुन्धुम:-लिखित ईतिहास शास्त्र, थुङसाप मुन्धुम:- मौखिक शास्त्र, शक्सक मुन्धुम:- भाषा,लिपि,साहित्य शास्त्र, साम्यो मुन्धुम:- अध्यात्मिक तथा धार्मिक शास्त्र जस्ता मुन्धुम,सँस्कार,सँस्कृतिका धनि माङधक कुधक: देब गण पुत्र/पत्रि तागेरा निङ्वा भु माङको सृष्टि किरातेश्वरका सन्तान किरातिहरुको धर्मको प्राचिन परम्परा अत्यान्त्यै उच्च तथा महा थियो। सभ्यता,सँस्कृति को शिखरमा पुगेको थियो। यज्ञ,होमादि, जब, तब, योग्यभास, तपस्या जस्ता ऋषि मुनिको काम किरात सभ्यतामा जल्दो बल्दो थियो भन्ने सिवा खाहुन लगायत ईतिहासका पानाहरु सजिब रुपमा ब्यक्त गरिरहेका छन्। सिँगो धार्मिक निष्ठा, भक्ति,धर्म, कर्म सँस्कृत,सँस्कारगत सभ्यता बोकेका किरात अनुयायिहरु युग युगान्तरमा अनेकौ राजनितिमक,धार्मिक क्षेत्रबाट बिभिन्न दृष्यहरु फैलिदै अाएकोले कालन्तरमा किरातिहरुको लिखित मुन्धुम,भाषा,लिपि,धर्म सँसकार र सँस्कृति हराउदै अाज २१ अौँ शताब्दिमा पुग्दा हाम्रो लिखित मुन्धुम,भाषा,लिपि नै थिएना जस्तोभएको छ किरात समुदायमा।

 

Wednesday, 14 February 2018

पबित्रहाङमा गोल्डकपको उपाधी माङसेबुङलाई





             गत माघ २४ गते देखि माङसेबुङमा जारी मुहिङगुम अङसीमामाङ साँबा पबित्रहामा लिङदेन ६२अौं शुभजन्मोत्सव, मुहिङगुम अङसीमाङ लिङदेन अात्मानन्द "सेईङ" नुमाङगेन्ना सेवाको अवसरमा अायोजित "खेलकुदमा नारी सहभागिता सिर्जनशिल निर्माणमा हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगिता २०७४ को अाज भएको फाईनल खेलमा माङसेबुङ युथ सोसाईटी माङसेबुङ, इलामले लेटाङ फुटबल कल्व लेटाङ, मोरङलाई ट्राई ब्रेकरमा २-० ले पराजित गर्दै, उपाथि चुमेको छ ।
          खेलको निर्धारित समयवधि भर दुबै टीमबाट थुप्रै अवसरहरु मिले पनि गोल भने हुन सकेन । खेलको निर्धारित समय सकेपछि ट्राईब्रेकर मा लेटाङका कुनै पनि खेलाडिले गोल गर्न सकेन, अन्तत माङसेबुङका खेलाडी सुस्मिता लेप्चा(१५) र सिवानी सर्मा(१०)को २ गोल नै निर्णायक रहयो ।
           खेलभरिबाट उत्कृष्ट खेलाडीमा लेटाङका मुना लाअोती(११) घोषित भए भने, माङसेबुङका प्रिया तामाङ(६) उत्कृष्ट डिफेन्डर, सुस्मिता लेप्चा(१५) सर्बाधिक गोलकर्ता, बिसिका राई(०) उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
   
        इलाम, झापा, मोरङ, सुनसरी र ताप्लेजुङ गरी ८ टीम सहभागि रहेकोमा उपाधी हात पारे संगै माङसेबुङ युथ सोसाईटी माङसेबुङ, इलामले नगद पुरस्कार रु. ६२,१६२/- ट्रफी, मेडल तथा प्रमाण पत्र प्रप्त गरेका छन् भने उपबिजेता लेटाङ फुटबल कल्व लेटाङ, मोरङले, नगद पुरस्कार रु. ३५,१६२/- ट्रफी, मेडल र प्रमाण-पत्र प्रप्त गरेका छन् भने, पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगित २०७४ अन्तर्गत अतिरिक्त खेलमा अाज भएको म्याराथुनमा ५५०० मिटर २५अौं मिनटमा पुरा गर्दै रन्जु नेम्बाङ प्रथम भएकि छिन भने, २६अौं मिनटमा पुरा गर्दै जमुना अाले मगर दोस्रो, २७अौं मिनटमा पुरा गर्दै
अनुस्का थेबे तेस्रो र २९अौं मिनटमा पुरा गर्दै मुना अालेमगर चौंथो भएकि छिन् ।


२ फागुन २०७४
माङसेबुङ, इलाम

Saturday, 18 November 2017

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल


‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, सूर्य ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपूर्ण ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ– ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु–पंक्षी, झार–जङ्गल तथा मानव श्रृष्टिका  तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’
लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई सर्वेसर्व ठान्दछन् । प्रकृतिको सम्मानपूर्वक पूजा प्रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्ष स्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चाडपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।
किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

विविधताभित्रका समानता र यसको अन्तर बस्तु

            मुक्दुम सभ्यतासँगै विकसित हुँदै आएको एक गतिशील प्रकृया हो । मुक्दुमको मुहानबाट विभिन्न संस्कार संस्कृतिहरु विकासित भइरहन्छन् । यही संस्कार संस्कृतिमा कुनै पनि आदिवासी जनजाति किरातीको जीवन चरित्र झल्किएको हुन्छ । मुक्दुम किराँतीहरूको उर्वर मस्तिष्कको दिव्य उपज, प्रचीन सभ्यताको दस्तावेज, धार्मिक संस्कृतिको निधि, तत्वज्ञान अर्थात् धार्मिक एवम् सामाजिक संविधान हो ।
            किरात विद्वान दुर्गाहाङ याक्खा राईका अनुसार मुक्दुम भनेको प्राचीन किराँत पुस्ता दरपुस्ता मुखौली सुन्दै कण्ठस्त पार्दै ल्याइएका सृष्टि र धार्मिक रहनसहन सम्बन्धि कवितामय प्राचीन वचनहरू हुन । जहाँ पृथ्वी, अकाश, हावा, पानी पशु, पंक्षी, झार, जङ्गलदेखि लिएर मान्छेको सृष्टिसम्मको र किराँत जीवनदर्शनको कुरा आउँछ । कवि तथा किरात संस्कारका लेखक राजन मुकारूङको विचारमा मुग्दुम आफंैमा किरात जातिको विशिष्ट सभ्यताको इतिहास हो । हराइसकेको इतिहासको उत्खनन् पनि हो यो आफैंमा भव्यशैलीमा भनिने कलात्मक साहित्यको नमूना पनि हो । वर्गविहिन जातीय समानता धार्मिक सशिष्णुता सिद्घान्त अँगालिएको प्रकृति पूजक, वर्ग विभाजनरहित छुवाछुतको भेदभाव नभएको लिङ्गभेद नभएको मानव कल्याणकारी दर्शन हो ।
            वास्तवमा आदिम सृष्टि, प्राणी तथा मानव विकासको विविध चरणहरुदेखि किरातहरुको जीवन दर्शन, सामाजिक जीवन पद्धति, न्याय तथा शिक्षा प्रणाली, संस्कार–संस्कृति लगायत विविध पक्ष तथा विधिहरुका बारेमा मुक्दुममा वर्णन पाइन्छ । फरक यति हो कि भौगोलिक स्थिति, समय तथा विविध परिस्थिति अनुसार मुक्दुमी अभ्यास गराइमा केही भिन्नताहरु भए पनि मुक्दुमको सार एउटै देखिन्छ, विभिन्न किराँती विद्वानहरुको मतमा कोइँच र याक्थुङ मुक्दुममा । विविधता नै किराती एकताको विशेषता हो भन्ने मान्यता आम किराँती वीच सहमति रही आएको हुँदा केही बस्तुगत र विषयगत विशेषता किराती थाक्थुङ र कोइँच मुक्दुम वीचको समानता, सारमा यसरी चर्चा गर्न उपयुक्त हुने छ :

मुक्दुमका किसिम : मुक्दुमलाई याक्थुङ चुक्मुक् साम्जिक मुन्धुममा इमानसिंह चेम्जोङले किरात दार्शनिक उपदेश दोस्रो अध्यायमा येहाङले मुन्धुम बनाई दुई भागमा बाँडे भन्ने उल्लेख छ । प्रथम भागलाई थुङसाप, र दोस्रो भागलाई पेसाप नाम दिएको चर्चा गर्दै पेसापलाई पनि चार भाग १. सक् सक्, २. साम्जिक, ३. साप्जि र ४. साप्मुन्धुम उल्लेख गरेका भए पनि कोइँच मुक्दुम भने अहिलेसम्म कथ्यरुपमै छ । तै पनि कोइँच मुक्दुम पनि चार भागमा विभाजित छ : क) सासि मुक्दुम (सृष्टि, चाडबाड, मानव, पृथ्वी र अन्य मिथक सम्बन्धि मुक्दुम), ख) मुइग्यो (पिदार) मुग्दुम (आदार सद्भाव र निराकरण सम्बन्धि मुक्दुम), ग) मुलकेम (मुइलि) मुग्दुम (संस्कार, संस्कृति सम्बन्धि मुक्दुम), घ) मेग्यो (पारसार) मुग्दुम (शिक्षा, जडिबुटि, युद्ध, अर्ति उपदेश सम्बन्धि मुक्दुम) ।
किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं ।
परम्परागत देवीदेवता कुलपुरोहित : किराती याक्थुङ र कोइँच मुक्दुममा परम्परागत देवीदेवताहरु कुनै कुनै सन्दर्भमा ठ्याक्कै नाम मिल्दछन् भने कतिपय अबस्थामा तलमाथि अक्षर हराउने वा परिवर्तन भएको पाउँछौं । त्यस्तै गरी कुलपुरोहितको नाम पनि उस्ता उस्तै र कार्य तथा जिम्मेवारी एउटै पाउँछौं । कोइँच र याक्थुङ दुबै एकीश्वरवादी आदिवासी जनजाति हुन् भन्ने देखिन्छ । याक्थुङहरुले ‘युमा–थेबा’ भन्छन् भने कोइँचले ‘युमा–युल्सि’ । ‘थेबा’ लाई कोइँचले ‘देवा/थोम्बार’ । ‘तेन्छामा र खन्जमा’ लाई ‘तेन्जे र खन्जे’, ‘थोतोक्ला’ लाई ‘थोदुङ’, ‘योतोक्ला’ लाई ‘यातो’ । ‘तागेरा निङवा?फु’ लाई ‘तारा साराङगि’, ‘खाम्तोक’ लाई ‘खादिमुदि’, ‘दुङदुङगे’ लाई ‘दुङदुङ’ । ‘माङ’ लाई कोइँचले मामा भनेको पाउँछौं । त्यस्तै गरी ‘हिम’ को बदला खिँ उच्चारण गर्छन । याक्थुङ पानको ‘ह’ कोइँचमा ‘ख’ वर्णमा परिणत भएको पाउँछौं भने कुनै पनि शब्दको अन्तिमको ‘म’ वर्ण ‘ ँ ’ मा परिणत भएको पाउँछौं । किरात थाक्थुङ मुन्धुमवेत्त जसरी साम्बा, येÞबा, येÞगाप्चि भए जस्तै कोइँचमा पोइँबो, ग्याँमि र नाअÞसो हुन् । र यिनीहरुले लगाउने पोशक र आभूषण मिल्दछ ।

संस्कार–संस्कृति : किरातहरुमा चेली माइती वीच पूmल पूmलमाला आदनप्रदान गर्न नहुने संस्कृति भए पनि कोइँचमा त्यस्तो चलन भने देखिँदैन तर पूmललाई कुटुम्बको छोरीको रुपमा पनि लिने गरेको पाइन्छ । ‘साप्पोक–चोमेन’ लाई कोइँचमा विभिन्न ठाउँ अनुसार ‘दाक पाइच्चा, रुकामाना, कालपिप पिदार, खाअÞकुर पिदार’ भन्ने गर्दछन् । याक्थुङको ‘तङसिङ तक्मा’ र कोइँचको ‘चेँगु’ एकै मान्न सकिन्छ । दुबै सब्दको अर्थ तथा व्याख्या उस्तै देखिन्छ– सबै मनुष्य, घरपरिवार र समाजको सुख–समृद्धिको लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यबद्धताको पारिवारिक अनुष्ठान । ‘चासोक’ लाई कोइँचले ‘गिँजो’ र ‘याक्वा’ लाई ‘पारमो पिदार’ को रुपमा मान्ने गर्दछन् । ‘बालिहाङ तियाहा तङ्नाम’ लाई ‘बालिहोपो पिदार’ । ‘कक्फेःक्वा तुम्येन् ताङ्नाम्’ लाई ‘सामि पिदार’ त्यस्तै गरी ‘सिसेःक्पा तुम्येन् तङ्नाम्’ लाई ‘राँके पिदार’ भनेर मान्ने गरेको पाइन्छ । जन्म, विवाह र मृत्युमा पनि कोइँच र याक्थुङ वीचको धेरै कुराहरु समान देखिन्छ ।

मिथक, परम्परा र मान्यता : किरात याक्थुङहरुको धेरै मिथक, परम्पराहरु अभिलेखीकरण भइसकेका छन् । जसको कारण याक्थुङ सम्बन्धी खोजअनुसन्धान सरल मात्र होइन धेरै संस्कारहरु जीवित छन् र पुनःजीवन दिन सम्भव भएको छ । तर कोइँचमा त्यस्ता मिथक तथा परम्पराहरुको अभिलेखीकरण नभएको र जे जति अभिलेखीकरण भएका हुन् भर्खरै भएका हुँदा कतिपय संस्कार\संस्कृति लोप भइसकेको र पुनःजीवन दिनका लागि सामाजिक मान्यता पाउने सम्भावन क्षीण भएर गएको छ । याक्थुङ मुक्दुममा पाइएको ब्रह्मण्ड, आगो, पानी, हावा, पृथ्वी, आकास, प्राणी र मानव सृष्टिका मिथक कोइँच मुक्दुमसँग मिल्छन् । घरको बास्तु पूजा किन गरिन्छ भन्ने मिथक पनि मिल्छ । तर मिथकीय पात्रहरुको नाम चाहिँ मिलेको पाइँदैन । विभिन्न मिथकहरुले बनाएको परम्परा र त्यसलाई समाजले दिएको मान्यताहरु याक्थुङ र कोइँचमा समान देखिन्छ ।

मुक्दुमी भाषा र संरचना : किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं । मुक्दुमको सूक्ष्म अध्ययनले प्राचीन किराँती भाषाको खोजी गर्न सकिने सम्भावना पनि प्रबल देखिन्छ । साथै सबै किराती मुक्दुमहरु गेयात्मक भएको हुँदा मुक्दुम वाचन गर्ने र मुक्दुमका सिलोक वा हरफहरु गेयात्मक थेअÞनि संरचनामा भएको पाउँछौं ।
जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।

अन्तमा

‘धार्मिक र सामाजिक संस्कारका लिखित विधान नभएकोले कति कालदेखि श्रुति परम्परामा मुन्धुम जीवित छ ।’ –किराँती विद्वान तथा साहित्यकार वैरागी काइँलाको यो सत्य उक्तिलाई कसैले नकार्न सक्ने छैन । किरात मुक्दुमहरु अभैm पनि अलिखित नै छन् । कति विस्तारै लेख्योन्मुख छन् त कति किरातीहरुको मातृभाषा नै लोप भइसकेको हुँदा लोप भएका छन् । अलिखित भए पनि मुक्दुममा उच्चारित ऐतिहासिक मुक्दुमी देवीदेवता, पुर्खाहरुको नामको आधारमा किराँती याक्थुङ र कोइँच मुक्दुमको मिलनविन्दु कहाँनेर हो वा शाखा छुट्टिएको काल कुन हो ? मापन गर्न सकिने सम्भावना भने छँदै छ । जस्तो कि ‘युमा’ मुक्दुमी शब्द दुवै मुक्दुममा प्रष्ट उल्लेख पाइन्छ ।
            किरात याक्थुङ र कोइँच मुक्दुमलाई सँगै राखेर दाँज्ने हो भने धेरै कुरामा भिन्नता छ र कतिपय कुरा वा विषयहरुमा समानता पनि छ । मुक्दुममा देखिएका यी भिन्नतालाई किराँती विविधताको रुपमा स्वीकार्दै याक्थुङ र कोइँच मुक्दुमको प्राचीन सम्बन्धको कालरेखा कहाँ, कति हो पत्ता लगाउन, भए देखिएका सबै समानतालाई आधार रेखाको रुपमा लिनु पर्ने हुन्छ । किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

सन्दर्भ स्रोत


आङबुङ, डी.बी., २०६१, प्रतापी राजनेता वालिहाङको मार्गदर्शन, पालाम पूर्णाङ्क ५, पृ. २३–३०, तेह्रथुमे याक्थुङ विद्यार्थी सुजुम, काठमाडौं ।
काइँल वैरागी, २०५२, तङ्सिङ तक्मा मुन्धुम : आख्यान र अनुष्ठान, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
..... , २०४८, लिम्बू जातिमा कोख पूजा, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
काःतिच कोइँचबु, २०६४, मुक्दुमले अवलम्बन गरेको बाटो, कोइँचबु १७:१, सुनुवार सेवा समाज, काठमाडौं ।
..... , २०६१, मुक्दुम, सिर्मी ३:३, पृ. १३–१६, सुनुवार महिला समाज, काठमाडौं ।
मञ्जुल याक्थुम्बा, २०६२, मौलिक किरात धर्म–संस्कार, धनजीत येभेङ, राजकुमार फोम्बो लिम्बू ।
किरात जितपाल, २०५९, किरात धर्म मुन्दुम, कोइँचबु ११:१, पृ.१०–१२, सुनुवार सेवा समाज, काठमाडौं, । 
चेम्जोङ, इमानसिंह, २०५९ (दोस्रो संस्करण), याक्थुङ चुक्मुक् साम्जिक मुन्धुम किरात दर्शनको सारांशा, किरात याक्थुङ चुम्लुङ, ललितपुर।
..... , २०५९ (तेस्रो संस्करण), किरात मुन्धुम (किरात वेद), किरात याक्थुङ चुम्लुङ, ललितपुर ।
मुकारुङ राजन, २०६१, किरात संस्कार, मकरबहादुर बान्तवा, श्रीमती विष्णुदेवी बान्तवा ।
सुनुवार ईश्वरकिरण (अतीत मुखिया),२०६७, कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य, चुप्लु समाज, काठमाडौं ।

Thursday, 16 November 2017

किरात राज्य पतनका प्रमुख कारणहरुkirat online





लिच्छवीहरुबाट परास्त भएर पूर्व लागेपश्चात किरातीहरुको राज्य इतिहास लामो समयसम्म कतै देखा पर्दैन । तर
इमान सिंह चेमजोङ्ग भन्नुहुन्छ -
इसाको छैंठौ शताव्दीभन्दा अघि काठमान्डौ पूर्व एउटै किरात
राज्य थियो । खास-खास भन्ने हो भने विजय नारायणले विजयपुर
राज्य स्थापना गरेपश्चात मात्र किरात राज्य भनौँ या विजयपुर
राज्यको इतिहास प्रमाणिकरुपमा अघि बढेको छ । यिनी कामरुप
आसामबाट आएका कोच बशीं किरातहरुका सन्तान हुन् भन्ने
कुरामा प्राय इतिहासकारहरुको एकैमत रहेको पाइन्छ ।
विजयनारायणभन्दा सात पुस्ताअघिका राजा पुङलाइङ,
जो मोरोङ राज्यका राजा थिए ले हिन्दू मत ग्रहण
गरी आफ्नो नाम समेत अमर राय राखे । विजयपुर
राज्यको स्थापनाकालतिर पहाडतर्फ फेदापथुममा मुरेहाङ खेवाङ
नाम गरेका प्रतापी राजा राज्य गर्दथे भन्ने कुरा धेरै
इतिहासकारहरुले भन्दै आएका छन् । यिनैको सहयोगले विजयपुर
राज्य त्यतिबेला शक्तिसम्पन्न बनेको थियो ।
विशेषगरी लिच्छवीहरुबाट खेदिएर पूर्व
गएका किरातीहरुको वास्तविक इतिहास यो बेलासम्म
अथवा विजयपुर राज्य स्थापनाकालसम्म कतै
स्पष्टरुपमा देखा पर्दैन । विजय नारायणकै पालादेखि सेन वंशीहरु
किरात राज्यमा हावी भए ।

विजयपुर राज्यमा राजा हुने प्रथम सेन राजा लोहाङ सेन थिए ।
किरात राज्यमा सेन वंशीहरुको प्रवेशलाई पछि अर्कै
शीर्षकमा व्याख्या गरिने छ । अब उप्रान्त
यो लेखको शीर्षकको औचित्यमाथि विचार गरिने छ । नेपाल
राज्यको एकीकरण गर्न भनी हातमा नाङ्गो तरवार लिएर
गोर्खाबाट निस्किएका राजा पृथ्वी नारायण शाहको उच्च
महत्वाकाँक्षा नै किरातलगायत अरु राज्यको पतनको प्रमुख
कारण थियो भन्दा अवश्य गल्ति हुँदैन, यद्यपि किरात राज्य पतन
हुनुमा अरु केही कारणहरु प्रमुख छन् जसको चर्चा गर्ने अभिष्टसहित
यो लेख लेख्न थालिएको छ ।
किरातहरु स्वतन्त्रताप्रेमी हुनुको कारणबाट किरात
प्रदेशमा संघात्मक शासन व्यबस्था भएको कुरा यहाँ बुझ्न आवश्यक
छ । किरात प्रदेशमा थुप्रै आपुँगी राजाहरु भएकोबाट
यसको पुष्टि हुन्छ । त्यसैगरी पल्लो किरात अथवा लिम्वूवान
राज्यमा दश लिम्वू राजाहरुले राज्य गरेको इतिहासबाट पनि थप
पुष्टि हुन गएको छ । यसरी हरेक थुम या गढिमा एक राजाले राज्य
गर्ने संघीय राज्य व्यबस्था अर्न्तगत तत्कालीन किरात
प्रदेशमा अनेकौं स्वतन्त्र किरात राज्य भएको कुरा स्वत पुष्टि हुन्छ
। संघीय राज्य व्यवस्था अर्न्तगतका किराती राजाहरु संघीय हुनुकै
कारणबाट शक्तिहीन पनि थिए भन्न सकिन्छ । नाम
मात्रैको केन्द्रीय सरकार विजयपुरको यी किरात राज्यमा कुनै
हस्तक्षेप थिएन । विजयपुर राज्यमा सैनिक
शक्तिको आवश्यकता पर्दा सघाउने र्सत बाहेक यसलाई केन्द्र
सरकार मान्नुको अरु कुनै कारण प्रमाणित हुन आउँदैन ।
यसरी किराती राजाहरु स्वतन्त्र थिए तर संगठित थिएनन् ।
उनीहरुले किरात प्रदेश भित्रकै छिमेकी राज्यबाहेक कुनै दिन
बाहिरी शत्रुको सामना कसरी गर्ने भन्ने विषयमा कहिले सोचेनन्
भनेर कसरी भन्न सकिन्छ भने उनीहरुले आफ्नो परंम्परागत
बाँसको बिषालु धनुकाँड र तरवारलाई मात्र
आफ्नो रक्षाकवचको रुपमा विश्वास गरिरहे तर्सथ
बाहिरी दुनियाँमा भइरेको अनेकौं दुरमारक आधुनिक हात
हतियारको विषयमा थाहै पाएनन् अथवा पाएर पनि उक्त हात
हतियार (बन्दुक) किन्ने या सँकलन गर्ने विषयमा उदासीन रहे ।
संभावित शत्रु आक्रमणको सामना गर्न उनीहरुले आक्रमणपर्ूव खास
पहल नगरेको देखिन्छ ।
यस बीचमा मित्र शक्तिको पहिचान गरेर दरिलो सैनिक
संगठनको तयारी गर्न सकेको भए पृथ्वी नारायण शाह धुलीखेल पूर्व
बढ्नै सक्ने थिएनन् कि भनेर भन्न सक्ने प्रशस्त आधारहरु छन् । किनभने
धुलीखेल नजिकको चौकोट राज्यमा महेन्द्र सिंह
राईको फौजलाई तह लगाउन पृथ्वी नारायण शाहलाई
यति गाह्रो पर्यो कि लगभग त्यहींबाट नेपाल
एकीकरणको यात्रा टुङ्गनि खोज्दै थियो तर इतिहासले
प्रमाणित गरिसकेको छ पृथ्वी नारायण जीवनमा हार खाने
राजा थिएनन् तर्सथ चौकोटमाथि पटक-पटक ६ महिनासम्म
आक्रमण गरी यो राज्य गोर्खा राज्यमा गाभे तर चौकोट
जस्तो सानो केवल पचास, साठी घर मात्र भएको राज्यले
पृथ्वी नारायणको ३३२ जवान मारिदिए ।
किरातहरु संगठित नहुनुको दुष्परिणाम यहींबाट सुरु हुन्छ ।
चौकोटमा शत्रुको निर्ममतापुर्वक आक्रमण भइरहँदा माझकिरात
र पल्लो किरात हातमा दहि जमाएर बसिरहे,
कम्तिमा माझकिरात र पल्लोकिरात संगठित हुने पहलसम्म
भएको देखिदैन तर्सथ माझकिरात उपर शत्रुको आक्रमण
हुँदा पनि पल्लो किरातको अवस्था पनि त्यहीं रह्यो । किरातहरु
आफ्नो राज्यबाट बिमुख हुनुमा आफै कति जिम्मेवार रहेछन भन्ने
कुराको संक्षिप्त व्याख्या माथिको अनुच्छेदमा गरियो, अब
किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार
गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य
स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् ।
यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात
राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य
गर्दथे । माथि नै भनियो, किरात राज्यमा सेन राजाहरु किन र
कसरी राजा भए यस बिषयमा अर्कै शीर्षकमा छलफल गरिने छ ।
किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार
किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय
नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु
पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे ।
यसरी किरात चौतरियाको प्रत्यक्ष शासन
त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन । प्रथम त यिनीहरु
कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित
हुँदा कदापी खुशी थिएनन् । दोस्रो हिन्दू धर्म अनुसार बिष्णु
अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।
तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै
जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन
सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात
चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई
दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए,
सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले
अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात
राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात
चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित
युद्ध यात्रा अगाडि बढिरेको थियो ।
यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ)
चौदन्डि राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र स्वरुप सिंह
कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे ।
युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने
मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ
उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न
सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने
कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल
स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले
सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र
चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात
प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन
आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग
बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्,
गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल
नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले
त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट
पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए
। सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार,
सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे
। पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम
सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय
ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश
गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो ।
यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई
ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले
यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ ।
गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न
दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो ।
कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले
आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच
पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय
पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके ।
हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५
तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र
अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक
स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।
त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले
गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र
जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र
देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार
गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त
नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात
राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ
किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने
पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा,
रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै
ठाउँमा किरातीहरुले युद्ध हारे
पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् ।
प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो ।
त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे
किराती सेनाको लिम्वू सरदार र रघु
राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो,
त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत
थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु
राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले
लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर
आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात
सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक
लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै
गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार
नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस
अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो ।
किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए ।
कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु
भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा,
किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं
किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट
कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त
भयो ।
नोट- सर्न्दर्भ सामग्री, किरातकालीन विजयपुरको संक्षिप्त
इतिहास ( इमानसिंह चेमजोङ), किरात इतिहासका रुपरेखा (टंक
बहादर राई), किरात हिजो र आज ( दुर्गाहाङ याख्खा राई)

(प्रदिप - काङ्दवा )