Sunday, 8 June 2025

पृथ्वीको बारेमा बोल्ने म मात्र छु: किरात धर्मगुरु


इलाम, २४ जेठ २०८२, माङसेबुङ/ किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले पृथ्वीको संरक्षण र उपकारको बारेमा बोल्ने आफुमात्र भएको बताउनुभएको छ। विज्ञान प्रविधि, मानव निर्मित संरचना र अमानवीय गतिविधिले पृथ्वीको आयु छोटिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। 



        पृथ्वी रहेमात्र राजनितीज्ञहरुले राजा, राष्ट्रपति हुन पाउने उल्लेख गर्नुहुँदै सेवा भक्ति र शान्तिले मात्रै पृथ्वीको आयु बढ्ने चर्चा गर्नुभएको छ। बिश्वमा अशान्तिको संकेत आएको पनि बताउनुभएको छ। धर्मगुरुले भन्नुभयो, जस्तोसुकै महायुद्ध लडाइँ भए पनि यसको मिलनविन्दु अर्थात अचुक बुट्टी भनेको शान्ति नै हो। बिश्वमा शान्ति भयो भनेमात्र मानवले अमनचयन गर्न पाइन्छ, धर्मगुुरु ज्युले भन्नुभयो । यही जेठ २३ गते आयोजना गरिएको दोस्रोपटकको भविष्यवाँणी समारोहलाई आशीर्वचन दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
       भविष्यमा पृथ्वीमा ठूलो राजनीतिक तथा भौगोलिक परिवर्तन आउनसक्ने पनि बताउनुभएको छ। यसैगरी पुर्वी एशियाली राष्ट्रमा शक्तिशाली नेताको उदय हुने र उसको नेतृत्वमा ठूलो परिवर्तन हुने पनि बताउनुभएको छ। भविष्यवाँणी गर्नु आफुलाई सजिलो नभएको तर माङको आज्ञाले गर्दा बाध्यताले आफू उभिनु परेको बताउनुभयो । 
      भविष्यवाणी कार्यक्रम अन्तर्गत धर्मगुरुले बिश्व र ब्रह्माण्डको बारेमा लामो चर्चा गर्नुभएको थियो। बिशेश गरेर धर्मगुरु ज्युले ३ वटा बिषयलाई लक्षित गरेर बोल्नु भएको थियो। महामारी, दैवीप्रकोप र युद्धको बारेमा आफ्नो भक्तजनलाई सचेत गराउनुभयो। उहाँले बिश्व शान्तिको बारेमा लामो व्याख्या गर्दै शान्ति मात्र मानव हितको एकमात्र अचुक अस्त्र रहेको बताउनुभयो । किरात धर्मगुरु ज्युले वि सं २०४९ सालमा पहिलोपटक भविष्यवाणी गर्नुभएको थियो। त्यसपछि लगभग ३३ वर्षको अन्तरालमा दोस्रोपटक भविष्यवाणी गर्नुभएको हो।
        धार्मिक विधि अनुसार भव्यरुपमा सजाइएको बिशिस्ट मञ्चमा रहेको शान्ति महादिप बालेर किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देन ज्युले भविष्यवाणी समारोहको शुभारम्भ गर्नुभएको थियो। यसअघि सप्ताहव्यापी बिश्वशान्ति सेवामा धर्मगुरु, गुरुआमा सहभागी हुनुभएको थियो। समारोह अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम धर्मगुरु ज्युको भविष्यवाणी सँगै समापन भएको छ।


दोस्रो माङ इङघङ भबिस्यबाणी सङ्कलक

नेम्वाङ नन्दकुमार गाउँले जि
आरम्भ. com


Tuesday, 6 May 2025

आज ९५ औं किराँत समाज सुधार दिवस

 आज ९५ औं समाज सुधार दिवस । देश विदेशमा छरिएका किराँत धर्मावलम्बीले विभिन्न कार्यक्रम गर्दै समाज सुधारक तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दलाई स्मरण गरेर मनाउदैछन ।

१९८८ साल वैशाख २४ गते नेपालका १६ औं विभूती तथा किराँत धर्मका प्रवर्तक फाल्गुन्द लिङ्देनले १० लिम्वुवान १७ थुमका प्रतिनिधि वोलाएर सत्य धर्म मुचुल्का घोषणा गरेको दिनलाई किराँत धर्मावलम्बीहरुले आजको दिनलाई समाज सुधार दिवसका रुपमा मनाउने गरेका हुन ।

मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्माललम्बीका संस्कारमा जाँड, रक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने उल्लेख छ ।

 यस्तै छोरीको विवाहको कुरो छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा उल्लेख छन ।

समाज सुधार दिवसका अवसरमा फाल्गुनन्दको समाधिस्थल सिलौती,तपोभूमी लब्रेकुटी,किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको आधार क्षेत्र लारुम्बा सहित उक्त धर्मावलम्बीको वसोवास रहेका स्थानमा विविध कार्यक्रम आयोजना गरि मनाईदैछ


किरात समाज सुधारको हार्दिक शुभकामना !

जकैदिन अर्थात् १९८८ साल वैशाख २४ गते किरात धर्म  महागुरु नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनज्यूले पाँचथरको लोब्रेकुटी १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवीकाे भेला गरी (महाचुम्लुङ गरी) किराँत धर्म  सुधारका लागि सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गर्नुभएको थियो । ‘सत्यधर्म मुचुल्का’ किरात धर्म सुधारको लागि कोशेढुंगा साबित भयो । त्यही दिनको सम्झना  हरेक वर्ष वैशाख २४ गते किरात समाज सुधार दिवस मनाइन्छ । किरात समाज सुधार दिवसको  हार्दिक शुभकामना  



Saturday, 15 February 2025

. हार्दिक शुभकामना🌺🇳🇵

ममतामयी किरात धर्म गुरु आमा मुहिङ्गुम अङ्सिमामाङ साँबा पबित्रहाङमा लिङ्देन ज्यूको ६९ औं शुभ जन्मोत्सव तथा किरात आस्थामा विराजमान धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द "सेईङ" नोमाङ्गेना सेवा महान समारोहको अवसरमा 'माङ्धक कुधक पामाङ मामाङ' ज्यूहरुको सुस्वास्थ्य दिर्घायुको कामना सङ्गै समस्त स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण धर्मावलम्बी श्रद्धालु भक्तप्रेमी महानुभावहरु, सृष्टिका सम्पुर्ण सकल प्राणी जगतमा नोमावा, तामावा, माङ्वा मुई, हाङ्वा मुई, सिद्ध शक्ती मिलोस भनी हार्दिक कामना सहित हार्दिक शुभकामना ।