Tuesday, 6 May 2025

आज ९५ औं किराँत समाज सुधार दिवस

 आज ९५ औं समाज सुधार दिवस । देश विदेशमा छरिएका किराँत धर्मावलम्बीले विभिन्न कार्यक्रम गर्दै समाज सुधारक तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दलाई स्मरण गरेर मनाउदैछन ।

१९८८ साल वैशाख २४ गते नेपालका १६ औं विभूती तथा किराँत धर्मका प्रवर्तक फाल्गुन्द लिङ्देनले १० लिम्वुवान १७ थुमका प्रतिनिधि वोलाएर सत्य धर्म मुचुल्का घोषणा गरेको दिनलाई किराँत धर्मावलम्बीहरुले आजको दिनलाई समाज सुधार दिवसका रुपमा मनाउने गरेका हुन ।

मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्माललम्बीका संस्कारमा जाँड, रक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने उल्लेख छ ।

 यस्तै छोरीको विवाहको कुरो छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा उल्लेख छन ।

समाज सुधार दिवसका अवसरमा फाल्गुनन्दको समाधिस्थल सिलौती,तपोभूमी लब्रेकुटी,किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको आधार क्षेत्र लारुम्बा सहित उक्त धर्मावलम्बीको वसोवास रहेका स्थानमा विविध कार्यक्रम आयोजना गरि मनाईदैछ

किरात समाज सुधारको हार्दिक शुभकामना !

जकैदिन अर्थात् १९८८ साल वैशाख २४ गते किरात धर्म  महागुरु नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनज्यूले पाँचथरको लोब्रेकुटी १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवीकाे भेला गरी (महाचुम्लुङ गरी) किराँत धर्म  सुधारका लागि सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गर्नुभएको थियो । ‘सत्यधर्म मुचुल्का’ किरात धर्म सुधारको लागि कोशेढुंगा साबित भयो । त्यही दिनको सम्झना  हरेक वर्ष वैशाख २४ गते किरात समाज सुधार दिवस मनाइन्छ । किरात समाज सुधार दिवसको  हार्दिक शुभकामना  

Saturday, 15 February 2025

. हार्दिक शुभकामना🌺🇳🇵

ममतामयी किरात धर्म गुरु आमा मुहिङ्गुम अङ्सिमामाङ साँबा पबित्रहाङमा लिङ्देन ज्यूको ६९ औं शुभ जन्मोत्सव तथा किरात आस्थामा विराजमान धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द "सेईङ" नोमाङ्गेना सेवा महान समारोहको अवसरमा 'माङ्धक कुधक पामाङ मामाङ' ज्यूहरुको सुस्वास्थ्य दिर्घायुको कामना सङ्गै समस्त स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण धर्मावलम्बी श्रद्धालु भक्तप्रेमी महानुभावहरु, सृष्टिका सम्पुर्ण सकल प्राणी जगतमा नोमावा, तामावा, माङ्वा मुई, हाङ्वा मुई, सिद्ध शक्ती मिलोस भनी हार्दिक कामना सहित हार्दिक शुभकामना ।

Saturday, 9 November 2024

आज देश भर महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

किरात धर्म दर्शनदाता, किरात समाज सुधारक, मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्ती तथा किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती आज देश बिदेश मनाईदै छ १३ अाै राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औ जन्म जयन्ती केन्द्रिय कार्यक्रम ईलामको सन्दलपुर गाउपालिका ४ माबुमा हुदै छ। पुजनिय किरात धर्म गुरु मुहिङगुम अङसिमाङ आत्मानद ज्यु तथा गुरूआमा पवित्रहाङमा साँवा लिङदेन ज्यूको माडसवारीमा किरात धर्म दर्शनदाता, समाज सुधारक, मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्तीको अवसरमा महागुरु फालगुनंद लिंगदेन सालिक आनावरण तथा माङहिम उद्द्धातन कार्यक्रम र पुर्बीनेपालको विभिन्न लिल्लाहरुमा माङ सावारी हुने कार्यक्रम छ साथै आज देशभर नै जन्म जयन्ती मनाइँदै छ।
कात्तिक कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन्। उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ। सानो उमेरमा धेरै बिरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जीवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाइदिएकाले गाउँमा बोलाउने नाम फलामसिंह परेको जानकारहरूको भनाइ छ। महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्म जयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ। यसैगरी किरात धर्मावलम्बीहरू बसोबास रहेको नेपालको विभिन्न भूभाग, भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्म जयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान सङ्घ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए। विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रूपमा पूजाआजा गर्ने गरेको पाईन्छ। समुदायमा रहेको सामाजिक विसङ्गति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले विक्रम सर्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा उनले सत्य धर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए। फाल्गुनन्दले किरात सामाजिक मुन्धुम (शास्त्र)को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलि पूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरुत्थानजस्ता कार्यहरू गरेका थिए। समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
महागुरु फाल्गुनन्द लिङ्देन १४०औ जन्मजयन्ती कोअबसरमा सम्पुर्णलाई सुभकामना।

जन्म उत्सव तथा किरात धार्मिक पर्वको शुभकामना

महान समाज सुधारक १६अौ राष्ट्रिय विभुती सिद्धी ज्ञान दाता, मुक्तिदाता, साम्जिक मुन्धुमका अखण्ड बिधाता, सकल प्राणीको रक्षक शान्ति तथा मानव एकता सबाह किरात धर्म दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४० अौ जन्मजयन्ती तथा किरात धार्मिक पर्वको पावान अवसरमा मातृभूमि नेपालमा बस्नुहुने अनि आफ्नो उज्ज्वल भबिस्यको खोजीमा ससारको कुना कुनामा पुग्नु हुने सम्पूर्ण किरात धर्म आस्थावान सावायेहाङ एवं नेपाली दाजुभाइ दिदीबहिनीमा अग्रिम शुभकामना साथै माङ हाङवा नुवामा तावामा नुमुई मगल मय कामना व्यक्त गर्दा छौ। Admin/journalist -------------------------------- किरात अनलाइ emai - kirat.online@gmail.com youtube channel - kirat online